१६ आश्विन २०८१, बुधबार
,
Latest
सिन्धुलीमा सडक पूर्वाधारसहित कृषिबालीमा ठूलो नोक्सानी टिकेन पुँजीबजारको उकालो यात्रा: नेप्से परिसूचक २६ अङ्कले घट्यो स्वास्थ्य मन्त्रालयको परिसरमै डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान ! बाढीपहिरो र डुबानको असर परेन वीरगञ्जका दुवै भन्सार नाकामा सुनसरीको तरहरामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह न्यायपालिका पुरुषप्रधान छ: सञ्चारमन्त्री गुरुङ विपद्बाट ६ अर्ब रुपैयाँ बराबरको बालिनाली नोक्शानी भयो: मन्त्री अधिकारी निर्माण व्यवसायीहरुको २० अर्ब रुपैयाँ भुक्तानी भएको छ,बाँकी दशैँअघि कोशिस गर्छौं: अर्थमन्त्री पौडेल न्यायपरिषद्को विश्वसनीयता अभिवृद्धि गर्न विशेष जोड दिनेछु: प्रश्तावित प्रधानन्यायाधीश राउत आँबुखैरेनीमा उत्पादित सयपत्री बिक्रीका लागि तयार
तपाईं के खोज्दै हुनुहुन्छ ?

फागुन २६ गते बसेको मन्त्रीपरिषदको बैठकका निर्णयहरु… (भिडियोसहित)



file
अ+ अ-

काठमाडौं । सरकारले बञ्चरे डाँडा ल्याण्डफिल्ड साइडमा देखिएका स्थानीय समस्या समाधान गर्न ¥यापिड एक्शन टास्क फोर्स गठन गर्ने निर्णय गरेको छ । बिहीवार बसेको मन्त्रीपरिषद्को बैठकले बञ्चरे डाँडा ल्याण्डफिल्ड साइडमा देखिएका स्थानीय समस्या समाधान गर्न र्यापिड  एक्शन टास्क फोर्स गठन गर्ने निर्णय गरेको हो ।

शुक्रवार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बञ्चरे डाँडा ल्याण्डफिल्ड साइडमा देखिएका स्थानीय समस्या समाधान गरी फोहोरको वैज्ञानिक व्यवस्थापन र अविलम्व आवश्यक कार्य प्रारम्भ गर्न र्यापिड एक्शन टास्क फोर्स गठन गर्ने निर्णय गरेको बताउनु भएको हो । उहाँले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको स्वामित्वको सुर्खेत जिल्लामा रहेको ९ कट्ठा आठ धुर जग्गा नेपाल राष्ट्र बैंकलाई बिक्री गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको पनि बताउनु भयो ।

सरकारले नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदमा उमेशप्रसाद थानीलाई नियुक्त गरेको छ । त्यस्तै संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा २०२२ मार्च ७ देखि १८ सम्म सञ्चालन हुने यूनाइटेड नेशन्स अन द ल, अफ द सी अन द कन्जर्भेसन एण्ड द सस्टेनीबुल युज अफ मेरियन बायोलोजिकल डायभर्सिटी अफ एरियाज बिवान्ट नेशनल जेरिडिक्शन बीबीएन्जी अन्तर्गत इन्टर्न गभर्मेण्टल कन्फ्रेन्सको चौथौँ सत्रमा नेपालको तर्फबाट सहभागिताका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाको नेतृत्वको भ्रमण स्वीकृत गर्ने, बंगलादेशको ढाकामा आगामी ८ देखि ११ मार्च २०२२ मा आयोजना हुने ३६ सेशन अफ द एफएयू डिजिटल कन्फ्रेन्स अन एशिया स्पेशिफिकमा सहभागी हुन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिवको नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत दिने, बीउबिजनको किसिम वा जाँच सुचित गरी प्रयोजनार्थ राष्ट्रिय बीउबिजन समितिबाट सिफारिस गरी आए बमोजिमको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृत दिने निर्णय समेत गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, सरकारले जीटूजी विधिअन्तर्गत भारत सरकारसँग हस्ताक्षर भएको समझदारी पत्रमा भएको व्यवस्था बमोजिम ज्वाइन स्टेरिङ कमिटीमा सहभागि हुन नेपालको तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि विकास महाशाखा सहसचिवको नेतृत्वमा टोली गठन गर्ने तथा मल खरिद गर्ने निकायको रुपमा कृषि सामग्री कम्पनी लिमिटेडलाई  तोक्ने, साउदी अरबका परराष्ट्रमन्त्रीबाट २०७८ फागुन ३० देखि चैत १ सम्म गर्नुहुने नेपाल भ्रमणको अवसरमा दुई पक्षीय वार्ताका लागि माननीय परराष्ट्रमन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने, नेपाल र साउदी अरब सरकारको बीच हुने जनरलको अप्रेशन एग्रिमेण्ट बिट्वीन द गभर्मेण्ट अफ नेपाल एण्ड गभर्मेण्ट अफ द किङ्डम अफ द साउदी अरेबियाको मस्यौदा स्वीकृत गरी नेपालको तर्फबाट हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी दिने, २०७८ चैत्र १४ गते संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा हुने गभर्मेण्ट कन्सलटेसन अन द स्टकहम प्लस ५० एलगेसी इन्गेजमेण्ट स्टाटेजी प्रिपेटरी मिटिङ सम्बन्धी कार्यमा सहभागी हुन सचिव डा. पेम नारायण कँडेललाई स्वीकृत दिने, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय कृष्णकुमार श्रेष्ठको नेतृत्वको प्रतिनिधि मण्डललाई संयुक्त अरब इमिरेट्स, सेसेज र कतार भ्रमण गर्न स्वीकृत दिने, तुल्सीपुर उपमहानगरपालिका र स्पेनको बिलओ नगर परिषद्बीच भगिनी सम्बन्ध कायम गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै तुल्सीपुर उपमहानगरपालिका र स्पेनको बिलओ नगर परिषद्बीच भगिनी सम्बन्ध कायम गर्न स्वीकृत प्रदान गर्ने, फोहोर महिला व्यवस्थापन सम्बन्धी कानूनको मस्यौदा तयार गर्न सहमति प्रदान गर्ने, राष्ट्रिय भवन प्रविधि अनुशासन केन्द्र र संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयको संगठन संरचना र दरबन्दीटेरिज स्वीकृत गर्ने र पत्रकार दुर्घटना बीमा व्यवस्थापी पहिलो संशोधन निर्देशिका २०७८ स्वीकृत गर्ने निर्णय समेत गरेको प्रवक्ता कार्कीले बताउनु भयो ।

प्रवक्ता कार्कीले भन्नुभयो, ‘बञ्चरे डाँडा ल्याण्डफिल्ड साइडमा देखिएका स्थानीय समस्या समाधान गर्ने सन्दर्भमा विगतमा भएका प्रतिवद्धताहरु कार्यान्वयन गर्न नेपाल सरकार प्रतिवद्ध र क्रियाशील रहेको । बञ्चरे डाँडा ल्याण्डफिल्ड साइटमा फोहोर व्यवस्थापन तथा साइट सञ्चालन गर्दा त्यसबाट हुने वातावरणीय प्रभावको मूल्यांकनको आधारमा मानवजीवन, पशुपंक्षी, जीवजन्तु, वनस्पतिमा पर्ने प्रभाव नियोगीकरण गर्न  आवश्यक सबै उपाय अवलम्वन गर्दै फोहोरको वैज्ञानिक व्यवस्थापनका लागि सम्बन्धित निकायबाट अविलम्व आवश्यक कार्य प्रारम्भ गर्न र पुहँच सडकको निर्माण तथा स्तरोन्नती गर्न सम्वद्ध निकायलाई निर्देशन गरिएको । यससम्बन्धि कार्यमा आवश्यक सहजीकरण र समन्वय गर्न स्थानीय जनप्रतिनिधिहरुसमेत रहेको एक उच्चस्तरीय समिति र तत्काल आइपर्ने समस्या समाधानका लागि सरोकारवालाहरु समेत सहभागी एउटा र्यापिड  एक्शन टास्क फोर्स गठन गर्ने ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको स्वामित्वमा रहेको सुर्खेत जिल्लामा रहेको क्षेत्रफल ९ कट्ठा आठ धुर जग्गा नेपाल नेपाल राष्ट्र बैंकलाई बिक्री गर्न स्वीकृत प्रदान गर्ने । नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदमा श्री उमेशप्रसाद थानी, सुर्खेतलाई नियुक्त गर्ने । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय २०२२ मार्च ७ देखि १८ सम्म सञ्चालन हुने यूनाइटेड नेशन्स अन द ल, अफ द सी अन द कन्जर्भेसन एण्ड द सस्टेनीबुल युज अफ मेरियन बायोलोजिकल डायभर्सिटी अफ एरियाज बिवान्ट नेशनल जेरिडिक्शन बीबीएन्जी अन्तर्गत इन्टर्न गभर्मेण्टल कन्फ्रेन्सको चौथौँ सत्रमा नेपालको तर्फबाट सहभागिताका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव श्री उदयराज सापकोटाको नेतृत्वको भ्रमण स्वीकृत गर्ने ।

बंगलादेशको ढाकामा आगामी ८ देखि ११ मार्च २०२२ मा आयोजना हुने ३६ सेशन अफ द एफएयू डिजिटल कन्फ्रेन्स अन एशिया स्पेशिफिकमा सहभागी हुन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिवको नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत दिने । बीउबिजनको किसिम वा जाँच सुचित गरी प्रयोजनार्थ राष्ट्रिय बीउबिजन समितिबाट सिफारिस गरी आए बमोजिमको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृत दिने ।

सरकार जीटूजी विधिअन्तर्गत भारत सरकारसँग हस्ताक्षर भएको समजदारी पत्रमा भएको व्यवस्था बमोजिम ज्वाइन स्टेरिङ कमिटीमा सहभागि हुन नेपालको तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि विकास महाशाखा सहसचिवको नेतृत्वमा टोली गठन गर्ने तथा मल खरिद गर्ने निकायको रुपमा कृषि सामग्री कम्पनी लिमिटेडलाई  तोक्ने । साउदी अरबका परराष्ट्रमन्त्रीबाट २०७८ फागुन ३० देखि चैत १ सम्म गर्नुहुने नेपाल भ्रमणको अवसरमा दुई पक्षीय वार्ताका लागि माननीय परराष्ट्रमन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने । नेपाल र साउदी अरब सरकारको बीच हुने जनरलको अप्रेशन एग्रिमेण्ट बिट्वीन द गभर्मेण्ट अफ नेपाल एण्ड गभर्मेण्ट अफ द किङ्डम अफ द साउदी अरेबियाको मस्यौदा स्वीकृत गरी नेपालको तर्फबाट हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी दिने ।

२०७८ चैत्र १४ गते संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा हुने गभर्मेण्ट कन्सलटेसन अन द स्टकहम प्लस ५० एलगेसी इन्गेजमेण्ट स्टाटेजी प्रिपेटरी मिटिङ सम्बन्धी कार्यमा सहभागी हुन सचिव डा। प्रेम नारायण कँडेललाई स्वीकृत दिने । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय कृष्णकुमार श्रेष्ठको नेतृत्वको प्रतिनिधि मण्डललाई संयुक्त अरब इमिरेट्स, सेसेज र कतार भ्रमण गर्न स्वीकृत दिने । तुल्सीपुर उपमहानगरपालिका र स्पेनको बिलओ नगर परिषद्बीच भगिनी सम्बन्ध कायम गर्न स्वीकृत प्रदान गर्ने । फोहोर महिला व्यवस्थापन सम्बन्धी कानूनको मस्यौदा तयार गर्न सहमति प्रदान गर्ने । राष्ट्रिय भवन प्रविधि अनुशासन केन्द्र र संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयको संगठन संरचना र दरबन्दीटेरिज स्वीकृत गर्ने । पत्रकार दुर्घटना बीमा व्यवस्थापी पहिलो संशोधन निर्देशिका २०७८ स्वीकृत गर्ने । वन्यजन्तु मैत्री पूर्वाधार निर्माण निर्देशिका २०७८ स्वीकृत गर्ने । निजामति कर्मचारीका सन्तानलाई शैक्षिक प्रेत्साहन वृत्ति उपलब्ध गराउन निर्देशिका २०७८ गर्ने । औद्योगिक व्यवसाय नियमावली २०७८ स्वीकृत गर्ने । सार्वजनिक खरिद ११ औँ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने ।’

प्रवक्ता कार्कीका अनुसार सरकारले निजामति कर्मचारीका सन्तानलाई शैक्षिक प्रेत्साहन वृत्ति उपलब्ध गराउन निर्देशिका २०७८ गर्ने, औद्योगिक व्यवसाय नियमावली २०७८ स्वीकृत गर्ने  र सार्वजनिक खरिद ११ औँ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।