१८ भाद्र २०८३, बिहीबार
,
Latest
मन्त्रिपरिषद् बैठक सुरु होटल व्यवसायीलाई मन्त्री यादवको आग्रह : ग्यास आपूर्तिमा सहजीकरण गर्न सरकार तयार,होटलको लागि सिलिन्डरको तौल… सुरुङमा उद्धार र मानवीय क्षतिको विवरण अद्यावधिक हुँदैछ : परराष्ट्र मन्त्रालय विपद् प्रतिकार्यमा सरकारलाई सहयोग गर्ने रास्वपाको निर्णय, ७२ घण्टाभित्र राहत वितरण गर्न आग्रह संसद बैठक चलिरहँदा सभाकक्षमै ढले काँग्रेस सांसद खड्का विपद्पछिको अवस्था र राहतबारे परराष्ट्र मन्त्रालयद्वारा कुटनीतिक ब्रिफिङ, केरुङमा रहेका नेपालीलाई फर्काउन समन्वय गरिँदै रसुवा बाढी उद्धारमा सरकार चुकेको कांग्रेस प्रमुख सचेतक थापाको आरोप भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा सहयोग बढ्दो राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग



अ+ अ-

काठमाडाैँ । नेपालमा हालै गएको विनाशकारी बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएपछि पोर्चुगलको कोइम्ब्रास्थित नेपाल सांस्कृतिक समुदाय कोइम्ब्रा (एनसीसीसी) ले पूर्वघोषित तीज कार्यक्रम स्थगित गर्दै विपद् पीडितका लागि आर्थिक सहयोग गरेको छ ।

एनसीसीसीले आयोजना गर्न लागेको ‘परदेशमा तीज, मनमा नेपाल’ तीज तथा दर खाने कार्यक्रम स्थगित गरी कार्यक्रमका लागि छुट्याइएको बजेट तथा संस्थाका सात जना क्रियाशील सदस्यको व्यक्तिगत पहलमा सङ्कलित २६० युरो अर्थात् करिब रु ४५ हजार ५०० प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।

एनसीसीसीका क्रियाशील सदस्य सन्तोष पाण्डेका अनुसार देश प्राकृतिक विपत्तिको कठिन परिस्थितिबाट गुज्रिरहेका बेला उत्सव मनाउनुभन्दा विपद् प्रभावितको उद्धार तथा राहतमा सहयोग गर्नु र दिवंगतप्रति सम्मान व्यक्त गर्नु उचित ठानेर तीज कार्यक्रम स्थगित गरिएको हो ।

“सहयोग रकम ठूलो वा सानोभन्दा पनि विपद्का बेला आफ्नो देश र नेपाली दाजुभाइ–दिदीबहिनीप्रतिको दायित्व र मानवीय भावना मुख्य हो,” पाण्डेले भन्नुभयो, “हामीले संस्थाका सात जना क्रियाशील सदस्यबाट रकम सङ्कलन गरी प्रधानमन्त्री राहत कोषमा पठाएका हौँ।”

यसैबीच, एनसीसीसीले बाढी–पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न आगामी सेप्टेम्बर ५ गते शनिबार साँझ ५ बजेदेखि ६ बजेसम्म श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्ने भएको छ ।

संस्थाले पोर्चुगलमा रहेका सम्पूर्ण नेपालीलाई कार्यक्रममा सहभागी भई दिवंगत आत्माको चिरशान्तिको कामना गर्नुका साथै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्न आह्वान गरेको छ ।

एनसीसीसीले नेपाल तथा विदेशमा रहेका नेपाली सङ्घ–संस्था र व्यक्तिहरूलाई समेत आफ्नो क्षमताअनुसार विपद् पीडितका लागि राहत कोषमा सहयोग गर्न अपिल गरेको छ।




भर्खरै