११ भाद्र २०८३, बिहीबार
,
Latest
प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढी : जलविद्युत आयोजनाका २०० भन्दा बढी सम्पर्कविहीन, उद्धारको पर्खाइमा बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने



अ+ अ-

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख सहयोग गर्ने भएको छ । नाडाले तत्काल राहत तथा पुनरुत्थानका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग पठाउने निर्णय गरेको हो ।

भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति नाडाले गहिरो दु:ख व्यक्त गरेको छ।

नाडाले बाढी तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

राष्ट्रिय विपद्को यस घडीमा राज्यसँग काँधमा काँध मिलाएर उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा सहयोग गर्नु सबै नागरिकको कर्तव्य भएको नाडाले जनाएको छ। नाडाले नेपालका सम्पूर्ण अटोमोबाइल व्यवसायीलाई एकबद्ध भएर उद्धार तथा राहत कार्यमा सहयोग गर्न आह्वानसमेत गरेको छ।

नाडाले विपद्पछिको चुनौतीपूर्ण अवस्थामा सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सरकारी संयन्त्रले देखाएको तत्परता र अथक प्रयासप्रति कृतज्ञता व्यक्त गरेको छ।

यसैबीच, बाढी तथा विपद्को अवस्था सिर्जना भए पनि काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ निरन्तर सञ्चालनमा रहने जनाएको छ।

आर्थिक गतिविधिलाई चलायमान राख्दै विपद्सँग समेत जुध्नुपर्ने अवस्था रहेकाले अटो शोलाई निरन्तरता दिइने नाडाको भनाइ छ।

नाडाका अध्यक्ष सुरेन्द्र उप्रेतीले विपद्को सामना गर्न सबैले आ–आफ्नो क्षेत्रबाट हातेमालो गर्न र आर्थिक गतिविधिलाई पनि सँगसँगै चलायमान बनाउन अपिल गरेका छन्।