९ भाद्र २०८३, मंगलवार
,
Latest
लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट



अ+ अ-

काठमाडाैँ । स्याङ्जाकाे वालिङ नगरपालिका क्षेत्रबाट प्रहरीले करिब ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ।

वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले सोमबार वालिङ नगरपालिका–८, ९ र १० का विभिन्न होटलमा चेकजाँच गर्ने क्रममा बिक्री–वितरणका लागि लुकाइछिपाइ राखिएको अवस्थामा करिब ९० लिटर घरेलु मदिरा बरामद गरेको हो।

बरामद गरिएको घरेलु मदिरा वडा प्रहरी कार्यालय वालिङको परिसरमा स्थानीय जनप्रतिनिधि, भद्रभलाद्मी तथा बुद्धिजीवीहरूको रोहवरमा नष्ट गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले अवैध रूपमा उत्पादन तथा बिक्री–वितरण हुने घरेलु मदिराका कारण हुन सक्ने आपराधिक तथा सामाजिक गतिविधि नियन्त्रणका लागि होटल तथा अन्य व्यवसायिक क्षेत्रमा नियमित चेकजाँच गर्दै आएको जनाएको छ।