२ भाद्र २०८३, मंगलवार
,
Latest
भदौ २३ मा प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुपर्ने रास्वपा सांसद खतिवडाको माग बजारमा खाना पकाउने ग्यासको अभावः तत्काल आपूर्ति सहज बनाउन सांसदहरूको माग सुनको मूल्य स्थिरः चाँदीको घट्यो प्रतिनिधि सभाको शुन्य समयः वैदेशिक रोजगारदेखि स्वास्थ्य र सुशासनसम्मका विषयमा सरकारको ध्यानाकर्षण सङ्खुवासभा र उदयपुरमा विद्युत् तथा सञ्चार सेवाको समस्या समाधान गर्न सांसद लिम्बूको माग प्रतिनिधिसभा बैठक सुरु, चार मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह किमसँग सम्पर्कमा रहेको ट्रम्पको सङ्केत मकवानपुरमा स्कारपियो दुर्घटना : न्यायाधीश डाँगीसहित चार जनालाई काठमाडौं लगियो सबै सरकारी कर्मचारीलाई १५/१५ दिनमै तलब निकासा गर्न महालेखाको परिपत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको बिहारस्थित मन्दिरमा भागदौडः ७ जनाको मृत्यु



अ+ अ-

नयाँ दिल्ली। भारतको बिहार राज्यस्थित एक मन्दिरमा सोमवार बिहान भागदौड मच्चिँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् ।

बिहारको राजधानी पटनाबाट करिब १२५ किलोमिटर दक्षिण–पूर्वमा पर्ने लखीसराय जिल्लाको अशोक धाम मन्दिरमा उक्त दुर्घटना भएको सरकारी अधिकारीहरूले जनाएका छन् ।

स्थानीय सञ्चारमाध्यमले वरिष्ठ प्रहरी अधिकारी शिवम कुमारलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार, मन्दिर परिसरमा विद्युतीय तार चुँडिएपछि दर्शनार्थीहरूमाझ त्रास फैलिएको र सोही कारण भागदौड मच्चिएको थियो ।

मन्दिरमा पूजाअर्चनाका लागि ठूलो सङ्ख्यामा भक्तजनहरू भेला भएको समयमा सो घटना भएको हो । घटनालगत्तै स्थानीय सरकारी अधिकारी र प्रहरी टोली घटनास्थल पुगी उद्धार कार्य तथा भीड व्यवस्थापनमा जुटेका थिए ।

घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको अधिकारीहरूले बताएका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल