२ भाद्र २०८३, मंगलवार
,
Latest
विपद् व्यवस्थापनदेखि परराष्ट्र नीतिसम्म सरकारको कार्यशैलीमाथि वर्षमान पुनको प्रश्न गाँजा खेतीलाई वैधानिकता दिन सांसद राईको मागः ‘यो आर्थिक समृद्धिको बलियो आधार’ विकासको प्राथमिकता भौतिक पूर्वाधार मात्र नभई उत्पादन र रोजगारी हुनुपर्छः सांसद कार्की स्वास्थ्य बीमा के गरेर हो, कसरी हो सञ्चालनमा ल्याइदिनुपर्‍यो नागरिकहरु बिचल्लीमै परिसकेः सांसद न्यौपाने जंगली हात्तीको आतंक नियन्त्रणको लागि वैज्ञानिक व्यवस्थापन गर्न माग नापजाँच भएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा भदौ २३ मा प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुपर्ने रास्वपा सांसद खतिवडाको माग बजारमा खाना पकाउने ग्यासको अभावः तत्काल आपूर्ति सहज बनाउन सांसदहरूको माग सुनको मूल्य स्थिरः चाँदीको घट्यो प्रतिनिधि सभाको शुन्य समयः वैदेशिक रोजगारदेखि स्वास्थ्य र सुशासनसम्मका विषयमा सरकारको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह



अ+ अ-

काठमाडौं । मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न सम्बन्धित परिवारका सदस्य र सरोकारवालालाई आग्रह गरिएको छ ।

निर्वाचन आयोगका सहसचिव नारायणप्रसाद भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै उक्त आग्रह गर्नुभएको हो । आयोगले बेला बेलामा मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमितरूपमा मतदाता नामावली अद्यावधिकको कार्य गर्दै आइरहेको छ ।

मतदाताको मृत्यु पछि एकाघर परिवारका सदस्य वा अन्य कुनै व्यक्तिले मृत्युदर्ता प्रमाणपत्रसहित सम्बन्धित निर्वाचन कार्यालयमा यथाशीघ्र सूचना दिई मतदाता नामावली अद्यावधिक गर्न सकिने व्यवस्था छ ।

मतदाता नामावलीलाई अद्यावधिक गर्नु निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयताको आधार हो । विज्ञप्तिमा भनिएको छ । गत फागुन २१ गतेको निर्वाचन पछि गत चैत २२ गतेबाट मतदाता नामावली सङ्कलन तथ अद्यावधिक कार्य सञ्चालन हुँदै आएको छ । ।राष्ट्रिय परिचयपत्र भएकाले सोको आधारमा मतदाता नामावलीमा अनलाइन प्रणालीमार्फत नाम दर्ता गर्न सक्ने प्रावधान छ ।

राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएका नेपाली नागरिकले आयोगको ‘प्रि–इन्रोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फारम भरी आफ्नो फोटो तथा औँठाछापसहितको जैविक विवरण दिन सम्बन्धित प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा स्वयं भौतिक रूपमा उपस्थित हुनुपर्छ ।

मतदाता नामावलीमा नाम, थर तथा ठेगाना सच्याउने, एउटै वडाभित्र दुई वा सोभन्दा बढी मतदानस्थल रहेको अवस्थामा मतदातालाई पायक पर्ने स्थानमा नाम सार्ने, नागरिकता अनुसारको विवरण नभएमा नागरिकताअनुसार सच्याउने तथा दोहोरो नाम हटाउनेलगायतका काम अनलाइन माध्यमबाट आवेदन दिन सकिने व्यवस्था छ ।




भर्खरै