३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

सबै सरकारी कर्मचारीलाई १५/१५ दिनमै तलब निकासा गर्न महालेखाको परिपत्र

सबै सरकारी कर्मचारीलाई १५/१५ दिनमै तलब निकासा गर्न महालेखाको परिपत्र
अ+ अ-

काठमाडाैँ । संघीय सरकारअन्तर्गत कार्यरत राष्ट्रसेवक कर्मचारीले अब हरेक महिनाको १५ दिन पूरा भएपछि अर्धमासिक रूपमा तलब तथा भत्ता पाउने भएका छन्।

महालेखा नियन्त्रक कार्यालयले अर्थ मन्त्रालयका अर्थमन्त्रीस्तरीय नीतिगत मार्गदर्शनअनुसार संघीय सरकारी निकायमा कार्यरत कर्मचारीलाई अर्धमासिक रूपमा तलब–भत्ता भुक्तानी गर्ने व्यवस्था मिलाइएको जनाएको हो।

महालेखा नियन्त्रक कार्यालयको बजेट तथा शोधभर्ना शाखाले भदौ १ गते कोष तथा लेखा नियन्त्रक कार्यालय, निवृत्तभरण व्यवस्थापन कार्यालय र कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयलाई पत्र पठाउँदै उक्त व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ।

कार्यालयका अनुसार प्रणालीमा अर्धमासिक तलब–भत्ता भुक्तानीका लागि आवश्यक व्यवस्था मिलाइसकिएको छ। सोहीअनुसार संघीय सरकारअन्तर्गतका निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई प्रत्येक महिनाको १५ दिन व्यतित भएपछि तलब तथा भत्ता भुक्तानी गर्न भनिएको छ।

अर्धमासिक भुक्तानीमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा उल्लेख गरिएको कर्मचारी प्रोत्साहन भत्तासमेत समावेश हुने कार्यालयले जनाएको छ।

त्यस्तै, कोष तथा लेखा नियन्त्रक कार्यालयको कार्यक्षेत्रभित्र रहेका संघीय सरकारी निकायबाट अर्धमासिक तलब–भत्ता भुक्तानीका लागि निकासा माग भएमा सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयले आवश्यक व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ।

महालेखा नियन्त्रक कार्यालयले अर्थ मन्त्रालयको २०८३ वैशाख ४ गतेको नीतिगत मार्गदर्शन तथा कार्यालयको भदौ १ गतेको निर्णयअनुसार यस्तो व्यवस्था कार्यान्वयनमा ल्याइएको जनाएको छ।