३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

बजारमा खाना पकाउने ग्यासको अभावः तत्काल आपूर्ति सहज बनाउन सांसदहरूको माग

बजारमा खाना पकाउने ग्यासको अभावः तत्काल आपूर्ति सहज बनाउन सांसदहरूको माग
अ+ अ-

काठमाडाैँ । सांसदहरूले मुलुकका विभिन्न भागमा खाना पकाउने ग्यास (एलपीजी) को चरम अभाव देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकको ‘शुन्य समय’ मा बोल्दै सांसदहरूले बजारमा ग्यासको अभाव हुँदा सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भएको उल्लेख गर्दै तत्काल आपूर्ति सहज बनाउन माग गर्नुभएको हो ।

सांसद मोहनलाल आचार्यले सम्बन्धित मन्त्रीले सदनमा ग्यासको अभाव नरहेको दाबी गरे पनि व्यवहारमा आफ्नै जिल्ला लगायत मुलुकका धेरै भागमा अभाव कायम रहेको बताउनु भयो । उहाँले ग्यासको सहज आपूर्तिका लागि बजार अनुगमनलाई तिब्र बनाउन र कतै लुकाइएको वा कृत्रिम अभाव सिर्जना गरिएको भए त्यसको प्रभावकारी छानबिन गर्न सरकारसँग माग गर्नुभयो ।

साथै, आचार्यले ग्यासको विकल्पका रूपमा विद्युतीय ऊर्जालाई प्रवद्र्धन गर्न विद्युत्मा लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) बारे पुनर्विचार गर्न र वैकल्पिक ऊर्जाका कार्यक्रमहरूलाई प्राथमिकता दिन समेत आग्रह गर्नुभयो ।

अर्का सांसद यज्ञबहादुर बोगटीले सरकारले ग्यास पर्याप्त रहेको दाबी गरिरहँदा नागरिकहरू भने रित्तो सिलिण्डर बोकेर लाइनमा बस्न बाध्य भएको प्रति सरकारको आलोचना गर्नुभयो । उहाँले आयात भइरहेको भनिएको ग्यास बजारमा किन पुगिरहेको छैन भनी प्रश्न गर्दै जनताको चुलो बल्न नसक्ने अवस्थालाई सरकारले सामान्य रूपमा लिन नहुने बताउनु भयो । सांसद बोगटीले ग्यासको आपूर्तिलाई तत्काल नियमित र व्यवस्थित बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ । –