४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

प्रतिनिधि सभाको शुन्य समयः वैदेशिक रोजगारदेखि स्वास्थ्य र सुशासनसम्मका विषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधि सभाको शुन्य समयः वैदेशिक रोजगारदेखि स्वास्थ्य र सुशासनसम्मका विषयमा सरकारको ध्यानाकर्षण
अ+ अ-

काठमाडाैँ । प्रतिनिधि सभाको मङ्गलबार बसेको बैठकको शून्य समयमा सांसदहरूले वैदेशिक रोजगारमा देखिएका विकृति, स्वास्थ्य क्षेत्रको बेथिति, अनलाइन ठगी, विपद् व्यवस्थापन तथा सुशासनलगायत जनसरोकारका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ।

सांसद बलावती शर्माले वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिकले भोग्नुपरेका समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो। दैनिकजसो नेपाली श्रमिकका शव स्वदेश फर्किने क्रम नरोकिएको र वैदेशिक रोजगार विभागमा करिब ४६ हजार ठगीसम्बन्धी उजुरी अलपत्र रहेको उल्लेख गर्दै उहाँले मुलुकी ऐन र वैदेशिक रोजगार ऐन तत्काल संशोधन गर्न माग गर्नुभयो। ठगीसम्बन्धी घटनाको अनुसन्धान गर्ने अधिकार जिल्ला प्रशासन कार्यालय वा प्रहरीलाई दिनुपर्ने तथा सीपयुक्त जनशक्तिलाई मात्र श्रम स्वीकृति दिनुपर्ने उहाँको सुझाव थियो।

सांसद वसुमाया तामाङले सरकारी अस्पतालमा बिरामीले भुइँमा बसेर उपचार गराउनुपर्ने तथा पहुँचका आधारमा मात्र सेवा पाउने अवस्था रहेको भन्दै स्वास्थ्य क्षेत्रको व्यवस्थापन सुधार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। गरिब तथा विपन्न नागरिकले अस्पतालमा दुर्व्यवहार सहनुपर्ने अवस्था अन्त्य गर्न पनि उहाँले माग गर्नुभयो।

सांसद वासना थापाले कर्णालीका नागरिकले सामान्य औषधि र राहतसमेत पाउन नसकेको अवस्थामा मन्त्रीहरूको भ्रमण तथा उपचारमा राज्यकोषबाट लाखौँ रुपैयाँ खर्च हुनु अन्यायपूर्ण भएको टिप्पणी गर्नुभयो। राज्यको नजरमा मन्त्री र सामान्य नागरिकको जीवन समान रूपमा मूल्यवान हुनुपर्ने उहाँको भनाइ थियो।

पछिल्लो समय बढ्दै गएको प्रविधिको दुरुपयोग र अनलाइन ठगी नियन्त्रण गर्न सांसद विना गुरुङले सरकारको ध्यानाकर्षण गराउनुभयो। सामाजिक सञ्जालमार्फत सामान अर्डर गर्दा रकम लिएर सम्पर्कविहीन हुने अनलाइन स्टोरलाई नियमन गरी कानुनी दायरामा ल्याउन उहाँले माग गर्नुभयो।

विपद् व्यवस्थापनसम्बन्धी विषय उठाउँदै सांसद बुद्धरत्न महर्जनले विपद्का बेला तत्काल परिचालन गर्न सकिने बजेट र प्रभावकारी संयन्त्रको व्यवस्था गर्न माग गर्नुभयो। सांसद बुद्धिप्रसाद पन्तले स्थानीय तहमा सडक, विद्यालयका डेस्क–बेन्च तथा पंखाजस्ता आधारभूत पूर्वाधारको अभावका कारण सर्वसाधारण र विद्यार्थीले समस्या भोग्नुपरेको बताउनुभयो।

अछामको विकटता र स्वास्थ्य सेवाको अभावबारे सांसद भरतकुमार स्वाँरले बयलपाटा अस्पतालको प्रभावकारिता बढाउनुका साथै दुर्गम क्षेत्रमा औषधिको सहज उपलब्धता सुनिश्चित गर्न माग गर्नुभयो। सांसद भरतबहादुर खड्काले दिपायल सिलगढीमा निर्माणाधीन ५० शय्याको सरुवा रोग अस्पतालको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो।

सांसद भरतप्रसाद पराजुलीले सरकारका सकारात्मक कामलाई समर्थन गर्दै विकास निर्माणमा रचनात्मक सहयोग गर्ने संस्कृतिको विकास गर्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री र मन्त्रीहरू विकास निर्माणको अवलोकनका लागि फिल्डमा खटिएको अवस्थामा आलोचना मात्र गर्नुभन्दा सकारात्मक सुझाव र सहयोगमार्फत अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो।