७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा

‘मधेसलाई रणभूमि बनाउने प्रयास गरियो’–अध्यक्ष अन्सारी

‘मधेसलाई रणभूमि बनाउने प्रयास गरियो’–अध्यक्ष अन्सारी
अ+ अ-

काठमाडाैँ । राष्ट्र निर्माण दलका अध्यक्ष समिम मियाँ अन्सारीले सुनसरीमा भएको साम्प्रदायिक तनाव र त्यसमा देखिएको सरकारी उदासीनताप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

शुक्रवार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र साहसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष अन्सारीले सरकारको समयमै ध्यान नपुग्दा सामान्य विवादले उग्र रूप लिएको बताउनु भयो । अध्यक्ष अन्सारीकाअनुसार सुनसरीमा डिजेको विषयलाई लिएर भएको सामान्य विवादले साम्प्रदायिक रूप लिनु र गोली चल्नेसम्मको परिस्थिति सिर्जना हुनु देशकै लागि घातक छ ।

भेटका क्रममा अन्सारीले गोली चलेको विषयमा प्रहरी प्रशासन र प्रधानमन्त्री कार्यालयको विरोधाभासपूर्ण भनाइप्रति पनि प्रश्न उठाउनु भयो । शुरुमा प्रहरीले गोली नचलाएको दाबी गरे पनि भोलिपल्टै प्रधानमन्त्री कार्यालयबाट प्रहरीले गोली चलाएको कुरा आउनुले घटनालाई रहस्यमय बनाएको उहाँको तर्क छ ।

प्रधानमन्त्री साहसँगको छलफलमा अन्सारीले मधेस हाल अन्याय र पीडामा रहेको उल्लेख गर्दै मधेसी जनताले वर्तमान सरकारप्रति राखेको आशालाई निराशामा बदल्न नहुनेमा जोड दिनुभयो । विगतका प्रधानमन्त्रीहरू निर्वाचित क्षेत्रमा मात्र सीमित हुने गरेको भएपनि वर्तमान प्रधानमन्त्रीलाई सिंगो मधेसले अपनत्व महशुस गरेको स्मरण गराउँदै उहाँले मधेसको शान्ति सुरक्षामा ठोस कदम चाल्न आग्रह गर्नुभयो ।

जवाफमा प्रधानमन्त्री साहले सुनसरी घटनाप्रति सरकार गम्भीर रहेको र यस्ता घटना दोहोरिन नदिन ठोस नीति ल्याउने आश्वासन दिनुभएको छ । प्रधानमन्त्रीले सिंगो देश र देशबासीको हितमा सरकारले काम गर्ने प्रतिवद्धता जनाउँदै मधेसको समस्या समाधानमा सरकार चिन्तित रहेको बताउनुभएको अध्यक्ष अन्सारीले जानकारी दिनुभयो ।

यसअघि बिहीवार राति अध्यक्ष अन्सारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसँग पनि यसबारे झन्डै दुई घण्टा छलफल गर्नुभएको थियो । सरकारको संयन्त्रले घटना हुनुपूर्व र भइसकेपछि पनि प्रभावकारी काम गर्न नसकेको आम जनताले महशुस गरेको उहाँको ठहर छ । –न्युज एजेन्सी नेपाल