• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

साउदी अरबका राजाको अंगरक्षकको गोली हानी हत्या



काठमाडौं । साउदी अरबका राजाको अंगरक्षकको गोली हानी हत्या भएको छ । अब्दुल अजिज अल फागम साउदी अरबका पूर्व नरेश अब्दुल्लाह विन अब्दुल्लाजिज अल साउदका पनि अंगरक्षक रहिसकेका थिए । जेद्दाहस्थित साथीको घरमा गएको बेला उनको हत्या भएको साउदी प्रेस एजेन्सीले जनाएको छ ।

उनको साथी र उनी बिच चर्को भनाभन भएपछि गोली हानेर अल फागमको हत्या गरेको प्रहरीले जनाएको छ । घटनाको पुष्टि मक्का प्रहरीका प्रवक्ताले गरेका छन् । ती व्यक्तिले आफ्नै भाइ र एक फिलिपिनी कामदारमाथि पनि गोली चलाएका थिए जसकारण उनीहरु पनि घाइते अवस्थामा छन् ।

उनले घटनास्थल पुगेका प्रहरीमाथि पनि गोली चलाएको र पाँच जना प्रहरीसमेत घाइते भएको मक्का प्रहरीले बताएका छन् । ती व्यक्तिलाई गोली हानेर प्रहरीले मारेको छ । यसबारे थप जानकारी अनुसन्धानपछि बाहिर आउने बताईएको छ ।