२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिजिट भिसामा विदेश जानेमध्ये फर्किने दर न्यून, कडाइ गर्न महालेखाको सुझाव



अ+ अ-

काठमाडाैँ । भिजिट भिसामार्फत विदेश जाने नेपाली नागरिकमध्ये ठूलो हिस्सा समयमै स्वदेश नफर्किएको पाइएको छ। महालेखापरीक्षकको कार्यालयको विसट्ठिऔं वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८३) ले भिजिट भिसा प्रणालीको कार्यान्वयन र निगरानीमा कमजोरी देखिएको औँल्याएको हो।

प्रतिवेदनअनुसार अध्यागमन ऐन, २०४९ ले नेपाली नागरिकको आगमन र प्रस्थान व्यवस्थापनको जिम्मेवारी अध्यागमन विभाग लाई दिएको छ भने सोही व्यवस्था कार्यान्वयनका लागि अध्यागमन कार्यविधि, २०६५ लागू गरिएको छ।

विभागको विवरणअनुसार चालु आर्थिक वर्षमा १ लाख ४९ हजार ७८९ पुरुष र १ लाख ११ हजार ७६२ महिला गरी कुल २ लाख ६१ हजार ५५१ जना नेपाली भिजिट भिसामा विदेश भ्रमणमा गएका छन्।

त्यसैगरी, विभागले मासिक रूपमा १२ जनाको दरले नमुना परीक्षण गर्दा १२ मध्ये ९ जना भ्रमणपछि स्वदेश नफर्किएको देखिएको प्रतिवेदनमा उल्लेख छ। नमुना परीक्षणमा एक व्यक्ति यस आर्थिक वर्षमा दुई पटक तथा सन् २०२० यता युएई, थाइल्याण्ड, सिंगापुर, भारत, चीन र फिलिपिन्सलगायत देशमा १० पटकसम्म गएको समेत पाइएको छ।

प्रतिवेदनले भिजिट भिसामा ठूलो संख्यामा नेपाली विदेश जाने तर फिर्ता हुने दर कमजोर देखिनु चिन्ताजनक भएको उल्लेख गर्दै प्रभावकारी नियमन र निगरानी प्रणाली कडाइ गर्न सुझाव दिएको छ।