११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा

सडक सुरक्षा विधेयक चालु अधिवेशनमै पेश गर्न सरकारलाई संसदीय समितिको निर्देशन

सडक सुरक्षा विधेयक चालु अधिवेशनमै पेश गर्न सरकारलाई संसदीय समितिको निर्देशन
अ अ+ अ-

काठमाडौँ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले सडक दुर्घटना न्युनिकरणका लागि ‘सडक सुरक्षा विधेयक’ संसदको चालु अधिवेशनभित्रै पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको मंगलवारको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो । बैठकका निर्णयहरू सार्वजनिक गर्दै समितिका सभापति आशिष गजुरेलले सडक सुरक्षाका विषयमा गम्भीर बन्नुपर्ने अवस्था आएको बताउनु भयो ।

समितिले देशभरका राष्ट्रिय राजमार्ग लगायतका सम्पूर्ण सडकहरूलाई मनसुनको समयमा पनि सुरक्षित र सहज रूपमा सञ्चालन गर्न तत्काल मर्मत सम्भारको व्यवस्था मिलाउन समेत मन्त्रालयलाई सचेत गराएको छ ।

बैठकले राष्ट्रिय गौरवका आयोजनाहरूको वर्तमान अवस्था, समस्या र समाधानका उपायबारे अध्ययन गर्न गठित उपसमितिको म्याद थप गर्ने निर्णय गरेको छ ।

माननीय श्रीराम न्यौपानेको संयोजकत्वमा गठित उक्त उपसमितिको आग्रह बमोजिम थप सात दिनको समय उपलब्ध गराउने प्रस्तावलाई बैठकले अनुमोदन गरेको हो ।

त्यस्तै, समितिको आन्तरिक कार्यविधि, कार्ययोजना र कार्यतालिकाको मस्यौदा तयार पार्न माननीय राजेन्द्रकुमार राईको संयोजकत्वमा गठित तीन सदस्यीय उपसमितिले पेश गरेको ‘आन्तरिक कार्यविधि २०८३’ लाई आवश्यक परिमार्जनसहित पारित गरिएको छ ।

सभापति गजुरेलले सडक सुरक्षा र यातायातको विषय नागरिकको दैनिक जीवन र सुरक्षासँग प्रत्यक्ष जोडिएको उल्लेख गर्नुभयो ।

छलफलका क्रममा सांसदहरूले राखेका सुझाव र अन्तर्राष्ट्रिय अभ्यासहरूलाई समेटेर विधेयकलाई थप परिष्कृत बनाइने र नागरिकको यात्रा सुरक्षित बनाउन समिति प्रतिवद्ध रहेको सभापति गजुरेलले बताउनु भयो । –न्युज एजेन्सी नेपाल