११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह

युक्रेनका माक्सिम र बेल्जियमकी केमिलीलाई एक्सट्रिम ट्रायथलन उपाधि

युक्रेनका माक्सिम र बेल्जियमकी केमिलीलाई एक्सट्रिम ट्रायथलन उपाधि
अ अ+ अ-

कास्की। पोखरामा आज सम्पन्न पाँचौँ संस्करणको हिमालयन एक्सट्रिम ट्रायथलनको उपाधि पुरुषतर्फ युक्रेनका माक्सिम ब्रानेट्स र महिलातर्फ बेल्जियमकी केमिली एटिएनले जितेका छन् ।

नेपालको साहसिक पर्यटन र खेलकुदलाई अन्तरराष्ट्रियस्तरमा चिनाउने उद्देश्यले हिमालयन एक्सट्राइले हरेक वर्ष पोखरामा यो प्रतियोगिता आयोजना गर्दै आएको छ । यो प्रतियोगिता विश्वकै कठिन मानिन्छ ।

एक्सट्रिम ट्रायथलनमा तीन किमी ८०० मिटर फेवातालमा पौडी, १७५ किमी साइक्लिङ र ४३ किमी पर्वतीय दौड समावेश रहेको थियो । प्रतियोगितामा माक्सिमले १८ घण्टा आठ मिनेटमा निर्धारित दूरी पूरा गर्दै च्याम्पियन बने । प्रतियोगितामा युक्रेनकै दिमित्रो शारोभ द्वितीय र फ्रान्सका वेइमार गोमेज तेस्रो हुन सफल भए ।

त्यसैगरी, महिलातर्फ च्याम्पियन बनेकी केमिलीले १८ घण्टा ५५ मिनेटमा दौड पूरा गरिन् । अमेरिकाकी लिभ डिट्जेल दोस्रो तथा अष्ट्रेलियाकी रुथ वाकर तेस्रो स्थान हासिल गर्न सफल भइन् ।

हिमालयन एक्सट्रिम ट्रायथ्लन एक्सट्राइ वल्र्ड टुरको साझेदार प्रतियोगिता हो । प्रतियोगितामा सहभागी खेलाडीले २०० एक्स–पोइन्ट्स प्राप्त गर्ने प्रतियोगिता आयोजक संस्था हिमालयन एक्सट्राइका रेश डाइरेक्टर रिकेश योन्जनले बताए ।

सहभागी खेलाडीले शनिबार बिहान पोखराको फेवातालमा पौडीबाट प्रतियोगिता सुरु गरेका थिए । पौडीपछि प्रतियोगीहरू साइक्लिङ सुरु गरे । उनीहरू पोखरा, कुश्मा हुँदै बाग्लुङ पुगेर फर्किएर कास्कीको काँडेमा पुगेर साइक्लिङ अन्त्य गरेका थिए । त्यसपछि सोही स्थानबाट ४३ किमी दौड सुरू भएको थियो ।

सो दौड काँडे हुँदै चार हजार मिटर उचाइको मर्दी हिमालको भ्यू प्वाइन्टमा पुगेर फर्किँदै माछापुच्छ्रे गाउँ पालिकास्थित ल्वाङमा पुगेर सम्पन्न भएको थियो । प्रतियोगितामा विभिन्न १६ देशका महिला तथा पुरुष खेलाडीसँगै सर्पोटिङ स्टाफ सहित ८० भन्दा बढीको सहभागिता रहेको योन्जनले बताए ।

नेपालको कठिन भूगोल, उच्च हिमाली मार्ग र चुनौतीपूर्ण मौसमबीच सम्पन्न यस प्रतियोगिताले साहसिक खेल पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुगेको बताइन्छ । प्रतियोगिताका विजेता खेलाडी, सहभागी एवं सहयोगीलाई आज साँझ पोखरा लेकसाइडमा पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो । रासस