७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली

‘नेपालको पर्यटन प्रवर्द्धनमा रैथाने खानाको महत्त्वपूर्ण योगदान’

‘नेपालको पर्यटन प्रवर्द्धनमा रैथाने खानाको महत्त्वपूर्ण योगदान’
अ+ अ-

काठमाडौँ। नेपालको पर्यटन प्रवर्द्धनमा रैथाने खानाको महुत्त्वपूर्ण योगदान रहेको बताइएको छ ।

ग्लोरी मिडिया र न्यूज लाइन्स मिडियाले आज यहाँ आयोजना गरेको ‘रैथाने खाना प्रवर्द्धन तथा सञ्चारकर्मी प्राकृतिक भोजन’ कार्यक्रमका वक्ताहरूले नेपालको रैथाने खानामार्फत पर्यटन प्रवर्द्धनमा सञ्चारकर्मीको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको हो ।

कार्यक्रममा अन्तरराष्ट्रिय चेम्बर अफ कमर्स नेपाल शाखाका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको पर्यटन प्रवर्द्धनमा स्थानीय खानाको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

“नेपाली रैथाने खानालाई सही ढङ्गले ‘ब्रान्डिङ’ गर्न सकियो भने यसले अन्तरराष्ट्रिय बजारमा ठूलो स्थान बनाउन सक्छ”, उहाँले भन्नुभयो । घरदेखि होटलसम्म रैथाने खानाको प्रयोग बढाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।

गैरआवासीय नेपाली सङ्घकी पूर्वअध्यक्ष  रविना थापाले नेपाली रैथाने खाना मानव स्वास्थ्यका लागि लाभदायी भएको बताउनुभयो ।  “आधुनिक जीवनशैलीले ल्याएको अस्वस्थ खानाको विकल्पका रूपमा यसलाई अघि बढाउनुपर्छ”, उहाँले भन्नुभयो ।

नेपाल चेम्बर अफ कमर्सका महानिर्देशक देवेन्द्र लामिछानेले नेपालका विभिन्न भूगोलमा आफ्नै विशेषता बोकेका खानाहरू रहेको भन्दै त्यसलाई प्रवर्द्धन गर्न सञ्चारकर्मीको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेशकुमार झाले रैथाने खानाको प्रवर्द्धनले स्थानीय पाककला क्षेत्रलाई थप उचाइमा पुर्‍याउने बताउनुभयो ।

वरिष्ठ पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले रैथाने खानाले आन्तरिक तथा बाह्य पर्यटनमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । सोफा उत्पादक सङ्घका अध्यक्ष तारालाल धरेलले रैथाने खानालाई व्यावसायिक रूपमा विस्तार गर्न सकिने बताउनुभयो ।

रैथाने खानाका अभियन्ता तिलक ढकालले रैथाने खानाले शरीरलाई आवश्यक पोषण दिनुका साथै समाजलाई स्वस्थ राख्न महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो ।

ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले रैथाने खानालाई विश्वस्तरमा चिनाउने आवश्यकता रहेको बताउनुभयो । न्यूजलाइन्स मिडियाकी सम्पादक सरिता ढकालले रैथाने खाना, प्राकृतिक भोजन तथा यसको व्यावसायिक सम्भावनाबारे निरन्तर अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा पाककला क्षेत्रमा योगदान पुर्‍याउनुभएका सोल्टी ग्रुपका कर्पोरेट एक्जुकेटिभ सेफ युवराज पोखरेल, वरिष्ठ सेफ मोहन गजुरेल, सेफ्स एसोसिएसन नेपालका निवर्तमान अध्यक्ष रेशम लामा तामाङ र अष्ट्रेलियामा कार्यरत प्रवासी सेफ सुवास थापालाई ‘पाककला गौरव सम्मान’ द्वारा सम्मानित गरिएको थियो ।  रासस