७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली

कृषि क्षेत्रमा लगानी विस्तारमा एडीबीसँग सहकार्य सुदृढ गर्ने मन्त्री चौधरीको प्रतिबद्धता

कृषि क्षेत्रमा लगानी विस्तारमा एडीबीसँग सहकार्य सुदृढ गर्ने मन्त्री चौधरीको प्रतिबद्धता
अ+ अ-

काठमाडौं । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरी र नेपालका लागि एसियाली विकास बैंक (एडिबी) का कन्ट्री डाइरेक्टर अर्नाउड काउचोइसबीच शिष्टचार भेतवार्ता भएको छ । बुधबार (वैशाख २ ) भएको भेटघाटमा कृषि क्षेत्रको विकास, लगानी विस्तार तथा सहकार्य सुदृढ गर्ने लगायत विषयमा छलफल भएको हो ।

मन्त्री चौधरीले अब देखी दातृ निकायको लगानी आयोजनामा प्रशासनिक लागत कम गर्ने उद्धेश्यले ५ तारे होटलमा कार्यक्रम नरख्नी, लक्षित सामुदायिक र क्षेत्रमा नै सो रकम लगानी गर्नुपर्ने बताउनुभयो ।

छलफलका क्रममा मन्त्री चौधरीले कृषि आधुनिकीकरण, ग्रामीण अर्थतन्त्रको सुदृढीकरण तथा समग्र आर्थिक सामाजिक विकासमा एडीबीको निरन्तर सहयोगको प्रशंसा गर्नुभयो ।

हाल सञ्चालनमा रहेका उच्च मूल्य कृषि बाली तथा फलफूल विकाससम्बन्धी परियोजनाहरुको विषयमा समेत छलफल भएको थियो ।

यस्ता कार्यक्रमबाट प्राप्त उपलब्धिहरू सकारात्मक भए पनि कार्यान्वयनका क्रममा देखिएका नीतिगत तथा प्रक्रियागत चुनौतीहरू समाधान गर्नुपर्ने छलफल भएको हो ।

यसका साथै बीउबिजन र नर्सरी व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्दै परियोजना कार्यान्वयनलाई थप प्रभावकारी र द्रुत बनाउन सरकार प्रतिबद्ध रहेको मन्त्री चौधरीले बताउनु भयो ।

सो अवसरमा एडीबीले प्रस्ताव गरेको नेपाल हरित तथा उत्थानशील वित्तीय सुविधालाई मन्त्रालयले सकारात्मक लिएको सो छलफलमा मन्त्री चौधरीले उल्लेख गर्नुभयो ।उक्त छलफलमा जलवायु अनुकूल कृषि, साना तथा मझौला कृषि उद्यम तथा नवप्रवर्तनमा लगानी विस्तार गर्ने लक्ष्य रहेको छ ।यसैगरी, भू–जल पुनर्भरण, अनुसन्धान तथा निजी क्षेत्रको संलग्नता बढाउने विषयमा पनि छलफल भएको थियो ।