१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ

‘ग्रिन पोखरा, क्लिन पोखरा’ अभियानः २ लाख २६ हजार रैथाने बिरुवा रोप्ने महाअभियान

‘ग्रिन पोखरा, क्लिन पोखरा’ अभियानः २ लाख २६ हजार रैथाने बिरुवा रोप्ने महाअभियान
अ अ+ अ-

पोखरा। पोखरालाई विश्वकै सुन्दर र स्वच्छ सहरको रूपमा कायम राख्न महानगरले ‘ग्रिन पोखरा, क्लिन पोखरा’ अभियानलाई एउटा संस्कृतिको रूपमा अघि बढाएको छ ।

मेयर धनराज आचार्यले संसारभरका पर्यटकहरू आउने सहर भएकाले यसको स्वच्छता र हरियालीलाई उच्च प्राथमिकतामा राखिएको बताउनु भयो ।

महानगरले खाली जमिनहरूमा पोखराकै रैथाने बिरुवाहरू लगाउनका लागि २ लाख २६ हजार वृक्षारोपण गर्ने अभियान गत वर्षबाट शुरु गरेको छ ।

यो अभियान अर्को वर्षसम्ममा पूरा गर्ने लक्ष्य राखिएको छ । यसमा निजी क्षेत्र, संघसंस्था र हरेक नागरिकलाई सहभागी गराइएको छ ।

विशेषगरी ‘आफ्नो जन्मोत्सवमा कम्तिमा २ वटा बिरुवा रोप्नुहोस्’ भन्ने भावनात्मक अभियानले नागरिकहरूमा वृक्षारोपणप्रति ठूलो उत्साह जगाएको मेयर आचार्यले बताउनु भयो ।

सरसफाईको क्षेत्रमा पनि महानगरले इतिहासमै पहिलो पटक व्यवस्थित कार्ययोजना बनाएको छ । शहरका डिल, भीर, तालतलैया, मूल बाटो, शाखा बाटो र प्रशाखा बाटाहरूको सफाई र व्यवस्थापनका लागि स्पष्ट खाका तयार पारिएको छ ।

उहाँले भन्नुभयो, ‘हामीले यहाँ ग्रिन पोखरा, क्लिन पोखराको अभियान पनि सञ्चालन गरेका छौँ । संसारभरका पर्यटकहरु आउने भएकाले हामीले यो अभियान चलाएका हौँ । खाली जमिनहरुमा रैथाने बिरुवाहरु लगाउनका लागि हामीले २ लाख २६ हजार प्लानटेशन गर्ने अभियान शुरु गरेका छौँ गत वर्षबाट ।

यो अभियान अर्को वर्षसम्म हामी पूरा गर्छौँ । सबै निजी क्षेत्र, हरेक व्यक्ति, जन्मोत्सवमा पनि कम्तिमा २ विरुवा रोप्नुस भन्ने अभियान चलाएका छौँ । हरेकले साथ दिएपनि हाम्रो शहरलाई हरियाली पनि बनाउन सक्छौँ । सफाई गर्ने अभियान त छँदैछ । हामीले डिल, भीर, तालतलैया, मूलबाटो, शाखा बाटो सबै फाईनल गरेका छौँ । इतिहासमा पहिलोचोटी यो बनाएका छौँ ।’

तालहरूको संरक्षण र सफाईका लागि नियमित अभियानहरू सञ्चालन भइरहेका छन् । पोखरालाई केवल बाटो सफा भएको शहर मात्र नभई हरियाली र प्राकृतिक सुन्दरताले भरिपूर्ण शहर बनाउन महानगरले दीर्घकालीन सोचका साथ काम गरिरहेको छ । —न्युज एजेन्सी नेपाल