काठमाडौं । मनकामना दर्शन गरेर फर्केको वागमती प्रदेश – ००६ ख ८४३० नम्वर को माइक्रो शहिद लखन गाउंपालिका -३ गोरखा मनकामना – मजुवा सडक को कन्टार मा दुर्घटनामा परेको छ ।
माइक्रो भीरबाट २ सय मिटर तल खसेको वडाध्यक्ष दीपक पाण्डेले जानकारी दिनु भयो ।
माइक्रोमा १४ जना यात्रु रहेको स्थानीयले जनाएका छन्।दुर्घटनामा परेकाहरूको उद्धार कार्य जारी छ। थप विवरण आउन बाँकी छ।











