१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माइतीघर मण्डलामा न्याय माग्दै उखु किसानहरु…



अ+ अ-

आजभोली माइतीघर मण्डलामा उखु किसानको जमात देखिन थालेका छन् । वरिपर भएर हिड्ने कयौं मानिसहरु उनीहरुको भिडलाई हेर्दै हिँड्छन् । मानीसहरु फेरी उनीहरुको हात–हातमा भएको ब्यानरतिर आफ्ना आँखा पुर्याउछन् अनि बल्ल उनीहरु को हुन् भनी भान पाउँछन् ।

उनीहरु हाम्रै कृषि प्रधान देश नेपालका किसानहरु हुन् जस्ले आफ्नो जिविका उखु खेति नै गरेर चलाउने गरेका छन् । उनीहरु सबै आफ्नो ब्यथा बोकेर राजधानी काठमाडौंमा आईपुगेका छन् । उधारोमा बेचिएको उखुको वर्षौंदेखि भुक्तानी नभएपछि बाध्य भएर यि ऊखु किसानहरुले मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूको माग मात्रै उधारोमा बेचिएको उखुको भुक्तानी होस् र अब बेच्ने उखुको मूल्य सन्तुलित होस् भन्ने छ। यही माग लिएर यी किसानहरु १० दिनदेखि काठमाडौंमा छन्।

(फेटो फिचर)