४ भाद्र २०८३, बिहीबार
,
Latest
गुल्मीमा मदन भण्डारी राजमार्गका प्रभावित घरधनीलाई १० करोडभन्दा बढी क्षतिपूर्ति वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन वैदेशिक सहायता घट्दैछ, निजी पुँजी परिचालन गर्नेतर्फ जाँदैछौँः अर्थमन्त्री डा. वाग्ले एक वर्षभित्र बागमतीमा स्वच्छ पानी बगाउने गरी ढल व्यवस्थापन गरिँदै एलपीजी ग्यासको व्यवस्थापनमा डिजिटल ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन तनहुँकाे नारेश्वर तालमा पानी भरिन थाल्यो, कृषि र पर्यटन विकासको आधार बन्दै वैदेशिक सहायता शोधभर्ना नहुँदा राज्यकोषमा दबाब परेको रास्वपा सांसद पराजुलीको भनाइ वागमती नदी संरक्षण र पुनर्जीवनका लागि सरकारलाई संसदीय समितिको निर्देशन “नेपाल–जापान सम्बन्धमा जापानी भाषा र संस्कृतिको भूमिका” मानवअधिकार कार्ययोजना कार्यान्वयनमा सक्रिय हुन सुदूरपश्चिमका स्थानीय तहलाई आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो बिहीबारदेखि



अ+ अ-

काठमाडौं । अमेरिकामा मुख्यालय रहेको एभरेष्ट वल्र्ड क्लास तेक्वान्दोको नेपाल शाखाले दोश्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता आयोजना गर्दैछ ।

प्रतियोगिता माघ २ देखि ४ गतेसम्म सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको तेक्वान्दो एकेडेमी हलमा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक सन्जिव फुयालले जानकारी गराए । ग्योरोगी र पुम्सेमा गरी जम्मा ११० स्वर्ण, ११० रजत र २२० कांस्यका लागि प्रतिस्पर्धा हुने छ । १ हजार २ सय खेलाडीको सहभागिता रहने जानकारी दिइयो ।

टिममा पहिलो हुनेले १ लाख, दोश्रोले ५० हजार र तेश्रो हुनेले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई समान १०–१० हजार नगद पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट दुई निर्णायकलाई जनही १० हजार नगदबाट पुरस्कृत गरिने छ । त्यस्तै सातै प्रदेशबाट सहभागी हुने उत्कृष्ट र विपन्न डोजाङहरुलाई १ लाख ५० हजार बराबरको खेल सामाग्री प्रदान गरिने छ । एभरेष्ट वल्र्ड क्लास तेक्वान्दोका संस्थापक अध्यक्ष कुमार कार्कीले छरिएर रहेका खेलाडीको प्रतिभा पहिचान गर्ने उद्देश्यले प्रतियोगिता सुरु गरिएको बताए ।




भर्खरै