४ भाद्र २०८३, बिहीबार
,
Latest
गुल्मीमा मदन भण्डारी राजमार्गका प्रभावित घरधनीलाई १० करोडभन्दा बढी क्षतिपूर्ति वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन वैदेशिक सहायता घट्दैछ, निजी पुँजी परिचालन गर्नेतर्फ जाँदैछौँः अर्थमन्त्री डा. वाग्ले एक वर्षभित्र बागमतीमा स्वच्छ पानी बगाउने गरी ढल व्यवस्थापन गरिँदै एलपीजी ग्यासको व्यवस्थापनमा डिजिटल ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन तनहुँकाे नारेश्वर तालमा पानी भरिन थाल्यो, कृषि र पर्यटन विकासको आधार बन्दै वैदेशिक सहायता शोधभर्ना नहुँदा राज्यकोषमा दबाब परेको रास्वपा सांसद पराजुलीको भनाइ वागमती नदी संरक्षण र पुनर्जीवनका लागि सरकारलाई संसदीय समितिको निर्देशन “नेपाल–जापान सम्बन्धमा जापानी भाषा र संस्कृतिको भूमिका” मानवअधिकार कार्ययोजना कार्यान्वयनमा सक्रिय हुन सुदूरपश्चिमका स्थानीय तहलाई आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौतम बुद्ध हिमालय अन्तर्राष्ट्रिय कराते पोखरामा



अ+ अ-

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२०, सचिवालय संगको सहकार्यमा नेपाल सितोरियो कराते डो संघले प्रथम गौतम बुद्ध हिमालय अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप पोखरामा आयोजना गर्दै छ ।

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा हुन लागेको प्रतियोगिता मार्च ५ देखि ९ तारिखसम्म हुने शुक्रबार केशरमहलमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक राजीव थापाले जानकारी गराए । करिब ३० राष्ट्रबाट २ हजारको सहभागिता अपेक्षा गरिएको नेपाल सितोरियो कराते डो संघका अध्यक्ष दावा गुरुङले जानकारी दिए । सिनियर, जुनियर र भेट्रानमा गरी जम्मा २७ स्पर्धामा प्रतिस्पर्धा हुने छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष गुरुङले भ्रमण वर्ष २०२० लाई सफल बनाउन यो प्रतियोगिताले पनि सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै भ्रमण वर्षलाई सफल बनाउन हरेक क्षेत्रले आ–आफ्नो तर्फबाट सक्दो प्रयास गर्नु पर्ने धारणा व्यक्त गरे ।

नेपाल भ्रमण वर्ष २०२० का सदस्य–सचिव बच्चुनारायण श्रेष्ठले खेलकुदको माध्यमबाट पनि विदेशी पर्यटकलाई नेपाल आउन आकर्षित गर्न सकिन्छ भन्ने मान्यताका साथ प्रतियोगितालाई सहयोग गर्न लागिएको बताए । प्रतियोगिता सञ्चालन गर्न करिब ५ करोड खर्च हुने बताइएको छ ।




भर्खरै