३ पुष २०८२, बिहीबार
,
Latest
पदाधिकारीमा हारेका गुरु बराल र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त न्युन पारिश्रामिकमा कामदार विदेश पठाउनु हुँदैनः मन्त्री भण्डारी तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईएसपिएन क्रिकेट अवार्डमा नेपालका खेलाडी मनोनयनमा परेनन्



अ+ अ-

काठमाडौं । क्रिकेटसम्बन्धी अनलाइन ईएसपिएन क्रिकइन्फोको वार्षिक अवार्डमा एसोसिएटतर्फ यस पटक नेपालका कुनै खेलाडी मनोनयनमा परेका छैनन् । नेपालले २०१९ मा सिंगापुर र ओमानमा दुई टी २० सिरिज खेलेको थियो । तर टी २० विश्वकप छनोट एसियन क्षेत्रबाट अघि बढ्न नसकेको नेपालले युएईमा ग्लोबल टि २० विश्वकप छनोट खेल्न पाएन । केही नेपाली खेलाडीले राम्रो प्रदर्शन गरे पनि एसोसिएटतर्फको मनोनयनमा नेपाली खेलाडी पर्न सकेनन् ।

अहिले विश्वकप लिग २ क्रिकेट भइहेको छ र त्यसमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू नै मनोनयनमा परेका छन् । नेपालले भने लिग २ मा अझै खेलेको छैन । अर्को महिना नेपालले घरेलु मैदानमा ओमान र अमेरिका सहभागी त्रिकोणात्मक सिरिज खेल्नेछ ।

एसोसिएटको ब्याटिङतर्फ स्कटल्यान्डका जर्ज मुन्से, पपुवा न्युगिनीका नर्मन भानुअ, नामिबियाका जेपी कोत्जे र ओमानका जतिन्दर सिंह छन् । यस्तै बलिङतर्फ अमेरिकाका अली खान, पपुवा न्यु गिनीका नोसाईना पोकना, स्कटल्यान्डका हमजा ताहिर हङकङका रोहन मुस्ताफा र ओमानका विलाल खान छन् ।