५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसकेआईएफ टिम च्याम्पियन



अ+ अ-

काठमाडौं । आयोजक नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) १२ औं कानाजावा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । एसकेआईएफले ९ स्वर्ण, १० रजत र १५ कांस्य जित्यो ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा अवस्थित कराते हलमा भएको प्रतियोगिता नेपालकै अन्तर्राष्ट्रिय मार्सल एसोसिएसन (आईएमए) ५ स्वर्ण, ५ रजत र ७ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको भारतले ३ स्वर्ण, २ रजत र १० कांस्य जित्यो । प्रतियोगिताको पुरुषमा राहुल गुप्ता तथा महिलामा सीमा लामा उत्कृष्ट खेलाडी घोषित भए । दुवै नेपालका हुन् । राहुलले २५ केजी तथा सीमाले ४५ केजी तौलसमूहमा स्वर्ण जितेका थिए ।

विजेतालाई आयोजक एसकेआईएफका अध्यक्ष नरेशप्रसाद श्रेष्ठ, उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक निवासगोपाल वैद्य, महासचिव दिलेन्द्रगोविन्द वैद्यलगायलते एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले उद्घाटन गरेका थिए । प्रतियोगितामा नेपालबाट २०८, भारतबाट ३५ र पाकिस्तानबाट २ गरी २ सय ४५ खेलाडी सहभागी थिए । दुईदिने प्रतियोगितामा ३२ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।