७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सी र आर्सनल बराबरीमा रोकियो



अ+ अ-

ईङ्लिस प्रिमियर लिग पुटबलमा चेल्सी र आर्सनलले बराबरी खेलेका छन् । लण्डन डर्बीमा मगलबार राति भएको खेलमा चेल्सी र आर्सनलले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको २६ औ मिनेटमा डेबिड लुईस रातो कार्ड खाएपछि आर्सनल १० खेलाडीमा सिमित बनेको थियो । खेलमा अग्रता भने चेल्सीले २८ औ मिनेटमा जोर्गिन्होको पेनाल्टी गोलबाट लिएको थियो।

तर खेललाई फर्काउन ६३ औ मिनेटमा ग्याब्रियल मार्टिनेलीले गोल गरेका थिए । खेल सकिन ८ मिनेट अगाडी चेल्सीका कप्तान सिजर एजिपिलिकुएटाले गोल गर्दै घरेलु टोलीलाई पुन अग्रता दिलाए । त्यसको तीन मिनेटपछि हेक्टर बेलरिनले डिबक्स बाहिरबाट गोल गर्दै आर्सनललाई एक अंक दिलाउन सफल रहे ।

१० खेलाडीमा सिमित बनेको भएपनि आर्सनलले चेल्सीलाई २–२ को बराबरीमा रोक्दै अंक खोस्न भने सफल रह्यो । बराबरीसंग चेल्सी ४० अंक सहित तालिकाको चौथो स्थानमा यथवात छ । आर्सनल ३० अंक सहित दशौं स्थानमा छ ।