१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ

बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता

बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता
अ अ+ अ-

बेइजिङ। बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले चीनको औपचारिक भ्रमण गर्नुभएको छ । भ्रमण दुई देशबीचको कुटनीतिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने बिषयमा फलदायी भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार बताउनुभएको छ।

प्रवक्ता गुओ जियाकुनले नियमित पत्रकार सम्मेलनमा भन्नुभयो, “बेलायती प्रधानमन्त्रीको यो आठ वर्षमा पहिलो चीन भ्रमण हो र प्रधानमन्त्री स्टार्मर सन् २०२६ मा चीनले प्राप्त गर्ने संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को स्थायी सदस्यको प्रथम नेता पनि हुनुहुन्छ ।

“चीन बेलायतसँग दुई देशका नेताहरूबीच भएको महत्वपूर्ण सहमति कार्यान्वयन गर्न र संयुक्त रूपमा दीर्घकालीन निरन्तर व्यापक रणनीतिक साझेदारी विकास गर्न तयार छ,” प्रवक्ताले भन्नुभयो।

यसैबीच उइगुर अल्पसङ्ख्यक समूहविरुद्ध मानवअधिकार उल्लङ्घनको आलोचना गरेको भन्दै बेलायतका पाँच सांसद र दुई सहकर्मीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न चीन सहमत भएको प्रधानमन्त्री स्टार्मरले बताउनुभएको फ्रान्सको समाचार समिति एएफपीले जनाएको छ । (रासस/सिन्ह्वा)