२ भाद्र २०८३, मंगलवार
,
Latest
‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते अमेरिका–इरान वार्ता पुनः सुरु गर्न होर्मुज सम्झौता महत्वपूर्ण हुने कतारको भनाइ प्रज्ञा प्रतिष्ठानको विरासतदेखि विवादित नियुक्तिसम्म : कहाँ चुक्दैछ राज्य ? एनपिएलमा पुरानै विदेशी खेलाडीमाथि फ्रेन्चाइज टोलीको भरोसा स्वतन्त्र, निष्पक्ष र विश्वासनीय निर्वाचन गराउने प्रमुख आयुक्त कार्कीको भनाइ युटीएमबी वल्र्ड सिरिजमा दावा ९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

हवाई दुर्घटनामा दुई अमेरिकी सैनिकको मृत्यु



अ+ अ-

वासिङ्टन । अमेरिकी रक्षा मन्त्रालयले गत साता अफगानिस्तानमा भएको अमेरिकी सैनिक बिमान दुर्घटनामा आफ्ना दुई सैनिकको मृत्यु भएको जनाएको छ ।

रक्षा मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा अफगानिस्तानको गज्नी प्रान्तमा बम्बार्डियर इ–११ ए कलसाइन भएको सैनिक बिमान दुर्घटनाग्रस्त भएको उल्लेख छ । तालिबान लडाकू सक्रिय रहेको उक्त प्रान्तका तालिबान समूहहरुले आफूहरुले बिमान खसालेको दाबी गर्दै आएका थिए ।

तर अमेरिकी सेनाले उक्त सैन्य बिमान प्राविधिक त्रुटीका कारण दुर्घटनामा परेको हो वा तालिबानी आक्रमणको निशानामा परेको हो भन्ने केही खुलाएको छैन । अमेरिकी रक्षा मन्त्रालयले बिमान दुर्घटनाका बारेमा अनुसन्धान शुरु गरिएको जनाएको छ ।

अफगानिस्तानमा अझै पनि करिब १२ हजार अमेरिकी फौज तैनाथ छन् । अमेरिकी सेनाले हाल अफगान सैनिकलाई तालिम, परामर्श र हवाई सेवा उपलब्ध गराइरहेको छ ।