१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग News Polar टिपरको ठक्करबाट बालिकाको मृत्यु News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ

नेकपा स्थायी कमिटीबाट महासेठलाई हटाउन उनकै जिल्लावासी धनुषाका नेता साहको माग

नेकपा स्थायी कमिटीबाट महासेठलाई हटाउन उनकै जिल्लावासी धनुषाका नेता साहको माग
अ अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी सदस्य रघुवीर महासेठलाई स्थायी कमिटीबाट हटाउन माग गरिएको छ । आइतबार केन्द्रीय कमिटी समक्ष महासेठ स्थायी कमिटी सदस्य हुन अयोग्य रहेको भन्दै उनलाई हटाउन केन्द्रीय सदस्य श्रीप्रसाद साहले माग गरेका हुन् । नेता साह महासेठकै जिल्लावासी धनुषाका हुन् ।

उनले अध्यक्ष तथा केन्द्रीय कमिटीलाई सम्बोधन गर्दै दिएको निवेदनमा विधानमा स्थायी कमिटी सदस्य हुन कम्तिमा एक कार्यकाल पोलिटव्यूरो सदस्य भएको हुनुपर्ने तर महासेठमा सो योग्यता नरहेको दाबी गरिएको छ । आफूहरुले यसअघि पनि यस विषयमा ध्यानाकर्षण गराउँदा सुनुवाई नभएको पनि उनले बताए ।

उनको निवेदनमा, ‘कमरेड रघुवीर महासेठ आफ्नो राजनीतिक जीव्नमा एकपटकमात्र आठौं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित हुनुभएको हो भने २ पटक मनोनितसम्म हुनुभएको हो । कहिँ कुनै कम्युनिस्ट घटकमा अहिलेसम्म उहाँ पोलिटव्यूरो सदस्यको जिम्मेवारी प्राप्त गर्नुभएको छैन ’ भनिएको छ । एमाले माओवादी एकीकरणपछि चारजना स्थायी कमिटी सदस्य तत्कालीन एमालेबाट थपिदा बिष्णु रिमाल, रघुजी पन्त र बेदुराम भुसालसँगै महासेठ पनि थपिएका थिए ।