१८ भाद्र २०८३, बिहीबार
,
Latest
रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ? भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानविरुद्ध कडा कदम चाल्न विचार गर्दैछुः राष्ट्रपति ट्रम्प



अ+ अ-

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार आफ्नो प्रशासनले इरानविरुद्ध सम्भावित सैन्य कारबाहीसहितका केही अत्यन्तै कडा विकल्पहरूमा विचार गरिरहेको बताउनुभएको छ ।

इरानभित्र बढ्दो अशान्तिको रिपोर्टहरू सार्वजनिक भइरहेका बेला ट्रम्पको यस्तो भनाइ आएको हो । एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यसलाई धेरै गम्भीरताका साथ हेरिरहेको बताउनु भयो ।

सेनाले यसको अध्ययन गरिरहेको र हामी केही धेरै कडा विकल्पहरूको बारेमा सोचिरहेको उहाँको भनाइ छ । इरानमा पछिल्लो समय सरकार विरोधी प्रदर्शनहरू र राजनीतिक अस्थिरताका खबरहरू बाहिरिएका छन् ।

जसलाई लिएर अमेरिकाले आफ्नो रणनीति तय गरिरहेको बुझिएको छ । (सिन्ह्वा/ न्युज एजेन्सी नेपाल)