प्रधानमन्त्री केपी शर्मा ओलीले आज सार्क सचिवालयको कार्यालय भ्रमण गरेका छन् । त्रिदेवी मार्ग ठमेल स्थित सार्क सचिवालयको कार्यालय भ्रमणका बिच दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १९ औँ शिखर सम्मेलन शीघ्र आयोजना गर्न सदस्य राष्ट्रबीच सहमति हुनेमा प्रधानमन्त्री ओलीले आफू विश्वस्त रहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले सचिवालय परिसरमा रुद्राक्षको बिरुवा पनि रोपे । उनले सचिवालयमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर पनि गरेका छन् ।





(फोटो फिचर)








