२ भाद्र २०८३, मंगलवार
,
Latest
‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते अमेरिका–इरान वार्ता पुनः सुरु गर्न होर्मुज सम्झौता महत्वपूर्ण हुने कतारको भनाइ प्रज्ञा प्रतिष्ठानको विरासतदेखि विवादित नियुक्तिसम्म : कहाँ चुक्दैछ राज्य ? एनपिएलमा पुरानै विदेशी खेलाडीमाथि फ्रेन्चाइज टोलीको भरोसा स्वतन्त्र, निष्पक्ष र विश्वासनीय निर्वाचन गराउने प्रमुख आयुक्त कार्कीको भनाइ युटीएमबी वल्र्ड सिरिजमा दावा ९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

केरलामा पनि कोरोना: तीन हजार २५२ जना निगरानीमा



अ+ अ-

तिरुवन्थपुरम । प्राणघातक कोरोना भाइरसको सङ्क्रमणको आशंका गर्दै भारतको केरला राज्यस्थित स्वास्थ्य विभागले तीन हजार २५२ जनालाई निगरानीमा राखेको छ । विभागले तीमध्ये ३४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाएको छ । विभागले ३४५ जनाको रगतको नमुना परीक्षण गर्दा ३२६ जनामा कोरोना भाइरसको सङ्क्रमण नदेखिएको बताएको छ ।

विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “चीनबाट फर्किएका व्यक्तिको रक्त परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण देखिएन, र अनुगमनमा राखिएका व्यक्तिको रक्त परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ ।” विज्ञप्तिमा चीनबाट फर्किएका व्यक्तिहरुलाई १८ दिनसम्म घरबाहिर हिँड्डुल नगर्न सल्लाह दिइएको र त्यसपछि नजिकको स्वास्थ्य केन्द्रमा जँचाउन भनिएको उल्लेख छ ।

थ्रिसुरस्थित सरकारी शिक्षण अस्पतालको विशेष वार्डमा राखिएका चीनबाट फर्किएका विद्यार्थीको प्रयोगशाला परीक्षण गर्दा कोरोना भाइरस (एन्कोभ) को सङ्क्रमण नदेखिएको अस्पतालले जनाएको छ ।