३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९ सय भन्दा बढी



अ+ अ-

उहान । गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको यो नयाँ भाइरस द्रुत रूपमा फैलिएपछि चीनको मुख्य भूमिमै ९०० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । सोमबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट ९०८ व्यक्तिको मृत्यु भएको छ भने ३७ हजारभन्दा बढी मानिस सङ्क्रमित छन् । सोमबार प्राप्त एक समाचारअनुसार यस भाइरसको सुरुवात भएको प्रमुख स्थानको रुपमा रहेको हुबेई प्रान्तमा आइतबारसम्म मात्र यस भाइरसबाट २ हजार ६१८ जना सङ्क्रमित भएका बताइएको छ ।

आइतबार एकै दिनमा ९१ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएकका छन् । हुबेई प्रान्तका दुई हजार ६१८ जना सङ्क्रमितहरुमा १ हजार ९२१ जना हुबेइ प्रान्तको प्रान्तीय राजधानी अर्थात कोरोना भाइरसबाट अत्यन्त प्रभावित स्थान उहानमा मात्र रहेका छन् । आइतबार एकै दिनमा ज्यान गुमाउनेमा पनि ७३ जना उहानका नै रहेका जनाइएको छ ।

हुबेई प्रान्तमा आइतबार मात्र २९ हजार ६३१ जनामा कोरोना भाइरस सङ्क्रमित भएका थिए । गत वर्षको अन्त्यतिरबाट चीनको हुबेई प्रान्तको प्रान्तीय राजधानी उहानबाट शुरु भएको यस भाइरसका कारण सो प्रान्तमा मात्र ८७१ व्यक्तिको मृत्यु भएको छ । सङ्क्रमित रहेका २९ हजार ६३१ जनामा ५ हजार ५०५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।