५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीको मतगणना जारी: आम आदमीको अग्रता



अ+ अ-

नयाँ दिल्ली । भारतको दिल्ली विधानसभाको निर्वाचनको मतगणना दिउँसो दुई बजेसम्म जारी छ । प्राप्त पछिल्लो विवरणमा मुख्यमन्त्री अरविन्द केजरीवालको नेतृत्वमा रहेको आम आदमी पार्टी (आप) ले भारी अग्रता कायम गरेको छ । दिल्ली चुनाव आयोगद्वारा घोषित आधिकारिक विवरण अनुसार आपका उम्मेदवारहरु ५८ स्थानमा अग्रता कायम गरिरहेका छन् । कूल ७० सिट रहेको दिल्ली विधानसभामा भारतीय जनता पार्टी (भाजपा)ले १२ स्थानमा अग्रता बनाइरहेको छ ।

भारतीय राष्ट्रिय काँग्रेसका कुनै पनि उम्मेदवारले अग्रता बनाउन सकेका छैनन् । मुख्यमन्त्री अरविन्द केजरीवाल भाजपाका सुनिल कुमार यादवलाई पाँच हजारभन्दा बढी मतान्तरका साथ अग्रस्थानमा छन् । आपका प्रमुख नेताहरुले विपक्षीको भन्दा भारी मतान्तरले अग्रता कायम गरिरहेका छन् तर उपमुख्यमन्त्री मनिष सिसोदिया भाजपाका उम्मेदवारभन्दा झिनो मतान्तरले पछि पर्नु भएको छ ।

दिल्लीमा गत शनिबार मतदान भएको थियो । चुनावी मतसर्वेक्षण र प्रारम्भिक चुनावी मतपरिणामले आप र भाजपाका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।