५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेइजिङस्थित नेपाली राजदूतावासद्वारा शर्तनामा जारी, क्वारेनटाइनमा बस्ने नेपालीले छ बुँदे नियम पालना गर्नैपर्ने



अ+ अ-

काठमाडौं । चीनबाट नेपाल आउने नेपालीलाई बेइजिङस्थित नेपाली राजदूतावासले हुबेइ प्रान्तबाट स्वदेश फिर्ता जाने नेपाली नागरिकहरुले पालना गर्नुपर्ने नियमहरु सार्वजनिक गरेको छ । शनिबार नेपाल आउने नेपालीहरुले नेपाल सरकारले तयार गरेको क्वारेनटाइनमा १४ देखि १७ दिनसम्म बस्नुपर्ने जानकारी गराउँदै छ बुँदे नियम पालना गर्न निर्देशन दिएको बेइजिङस्थित नेपाल राजदुतावासले जनाएको छ।

दुतावासले लागू गरेको नियम अनुसार क्वारेनटाइनमा राख्दा खाना¸ पानी¸ शौचालय¸ स्वास्थ्य उपचार , इन्फेक्सन, नियन्त्रण, प्रिभेन्सनको व्यवस्थापन गर्ने जनाएको छ । दुवावासले निकालेको सूचनामा उल्लेख गरिए अनुसार क्वारेनटाइनमा रहदासम्म आफन्तहरुसंग भेटघाट गर्न समेत नदिने भनिएको छ । क्वारेनटाइनमा बस्ने व्यक्तिहरुलाई ६० कोठाहरुको व्यवस्था गरी उचित दुरीको फरकमा सामुहिक बसोबास गर्नुपर्नेछ ।

छ जनाले एक शौचालयको प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ । क्वारेनटाइनमा रहदा चीनबाट आउने नेपालीहरुको सहजता र आरामलाई सकेसम्म व्यवस्थित गर्ने जनाइएको छ । क्वारेनटाइनमा रहने नेपालीहरुले दुतावासले दिएको हरेक नियम पालना गर्नुपर्ने भन्दै खाना सम्बन्धि नियम, बाथरुम प्रयोग सम्बन्धि नियम, समय लगायतको नियम पालना गर्नुपर्ने बताईएको छ । उनीहरुलाई दुतावासले शर्तनामामा हस्ताक्षर गर्न लगाएर मात्र नेपाल फर्काउनेछ ।

शर्तनामा यसप्रकारको छः

म नेपाली नागरिक हुँ । चीनको हुबेइ प्रान्तबाट स्वदेश फिर्ता जाने नेपाली नागरिकहरुले पालना गर्नुपर्ने माथि उल्लिखित सबै बुँदाहरु मैले पढेको छु । म उक्त सबै बुँदाहरु पूर्ण रुपमा पालना गर्न सहमत छु, पालना नगरेमा कानून बमोजिम सहुँला बुझाउँला ।

नामः

हस्ताक्षरः

राहदानी नं.