२ भाद्र २०८३, मंगलवार
,
Latest
‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते अमेरिका–इरान वार्ता पुनः सुरु गर्न होर्मुज सम्झौता महत्वपूर्ण हुने कतारको भनाइ प्रज्ञा प्रतिष्ठानको विरासतदेखि विवादित नियुक्तिसम्म : कहाँ चुक्दैछ राज्य ? एनपिएलमा पुरानै विदेशी खेलाडीमाथि फ्रेन्चाइज टोलीको भरोसा स्वतन्त्र, निष्पक्ष र विश्वासनीय निर्वाचन गराउने प्रमुख आयुक्त कार्कीको भनाइ युटीएमबी वल्र्ड सिरिजमा दावा ९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेइजिङस्थित नेपाली राजदूतावासद्वारा शर्तनामा जारी, क्वारेनटाइनमा बस्ने नेपालीले छ बुँदे नियम पालना गर्नैपर्ने



अ+ अ-

काठमाडौं । चीनबाट नेपाल आउने नेपालीलाई बेइजिङस्थित नेपाली राजदूतावासले हुबेइ प्रान्तबाट स्वदेश फिर्ता जाने नेपाली नागरिकहरुले पालना गर्नुपर्ने नियमहरु सार्वजनिक गरेको छ । शनिबार नेपाल आउने नेपालीहरुले नेपाल सरकारले तयार गरेको क्वारेनटाइनमा १४ देखि १७ दिनसम्म बस्नुपर्ने जानकारी गराउँदै छ बुँदे नियम पालना गर्न निर्देशन दिएको बेइजिङस्थित नेपाल राजदुतावासले जनाएको छ।

दुतावासले लागू गरेको नियम अनुसार क्वारेनटाइनमा राख्दा खाना¸ पानी¸ शौचालय¸ स्वास्थ्य उपचार , इन्फेक्सन, नियन्त्रण, प्रिभेन्सनको व्यवस्थापन गर्ने जनाएको छ । दुवावासले निकालेको सूचनामा उल्लेख गरिए अनुसार क्वारेनटाइनमा रहदासम्म आफन्तहरुसंग भेटघाट गर्न समेत नदिने भनिएको छ । क्वारेनटाइनमा बस्ने व्यक्तिहरुलाई ६० कोठाहरुको व्यवस्था गरी उचित दुरीको फरकमा सामुहिक बसोबास गर्नुपर्नेछ ।

छ जनाले एक शौचालयको प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ । क्वारेनटाइनमा रहदा चीनबाट आउने नेपालीहरुको सहजता र आरामलाई सकेसम्म व्यवस्थित गर्ने जनाइएको छ । क्वारेनटाइनमा रहने नेपालीहरुले दुतावासले दिएको हरेक नियम पालना गर्नुपर्ने भन्दै खाना सम्बन्धि नियम, बाथरुम प्रयोग सम्बन्धि नियम, समय लगायतको नियम पालना गर्नुपर्ने बताईएको छ । उनीहरुलाई दुतावासले शर्तनामामा हस्ताक्षर गर्न लगाएर मात्र नेपाल फर्काउनेछ ।

शर्तनामा यसप्रकारको छः

म नेपाली नागरिक हुँ । चीनको हुबेइ प्रान्तबाट स्वदेश फिर्ता जाने नेपाली नागरिकहरुले पालना गर्नुपर्ने माथि उल्लिखित सबै बुँदाहरु मैले पढेको छु । म उक्त सबै बुँदाहरु पूर्ण रुपमा पालना गर्न सहमत छु, पालना नगरेमा कानून बमोजिम सहुँला बुझाउँला ।

नामः

हस्ताक्षरः

राहदानी नं.