२ भाद्र २०८३, मंगलवार
,
Latest
‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते अमेरिका–इरान वार्ता पुनः सुरु गर्न होर्मुज सम्झौता महत्वपूर्ण हुने कतारको भनाइ प्रज्ञा प्रतिष्ठानको विरासतदेखि विवादित नियुक्तिसम्म : कहाँ चुक्दैछ राज्य ? एनपिएलमा पुरानै विदेशी खेलाडीमाथि फ्रेन्चाइज टोलीको भरोसा स्वतन्त्र, निष्पक्ष र विश्वासनीय निर्वाचन गराउने प्रमुख आयुक्त कार्कीको भनाइ युटीएमबी वल्र्ड सिरिजमा दावा ९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरस: हालसम्म १६ सय ६५ जनाको मृत्यु



अ+ अ-

काठमाडौंः कोरोना भाइरसको संक्रमणबाट चीनमा ज्यान गुमाउनेको संख्या १६ सय पुगेको छ । आज चिनियाँ स्वास्थ्य आयोगका अधिकारीले बिहान सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार शनिबार मात्रै थप १ सय ४२ जनाको मृत्यु भएको छ ।

यो सँगै कोरोना भाइरसबाट ज्यान गुमानेको हालसम्मको संख्या १६ सय ६५ पुगेको छ । त्यस्तै संक्रमितको संख्या चीनमा हिजो दुई हजार ९ जना नयाँ संक्रमित थपिएका छन् र अब संक्रमितको संख्या ६८ हजार ५ सय नाघेको अधिकारीहरुले जनाएका छन् । त्यस्तै, फ्रान्समा पनि हुबेई प्रान्तबाट भ्रमणमा गएका एक चिनियाँ पर्यटकको मृत्यु भएको हो ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाए अनुसार विश्वका झण्डै २५ मुलुकमा कोरोना भाइरस फैलिइसकेको छ । साथै (डब्लुएचओ) ले उक्त भाइरससँग लडिरहेको चीनलाई सहयोग गर्नसमेत सबैलाई आग्रह गरेको छ ।