२ भाद्र २०८३, मंगलवार
,
Latest
‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते अमेरिका–इरान वार्ता पुनः सुरु गर्न होर्मुज सम्झौता महत्वपूर्ण हुने कतारको भनाइ प्रज्ञा प्रतिष्ठानको विरासतदेखि विवादित नियुक्तिसम्म : कहाँ चुक्दैछ राज्य ? एनपिएलमा पुरानै विदेशी खेलाडीमाथि फ्रेन्चाइज टोलीको भरोसा स्वतन्त्र, निष्पक्ष र विश्वासनीय निर्वाचन गराउने प्रमुख आयुक्त कार्कीको भनाइ युटीएमबी वल्र्ड सिरिजमा दावा ९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनबाट उद्वार गरिएका मानिस सवार बसमा आक्रमण



अ+ अ-

काठमाडौं । चीनको वुहानबाट उद्वार गरिएका मानिस सवार बसमा आक्रमण भएको छ । युक्रेनको मध्य–क्षेत्रमा रहेको सहर नोभी स्यान्झारीका स्थानीयले बसमा आक्रमण गरेका हुन् ।

वुहानबाट फिर्ता गरिएका मानिसहरुमा कोरोना भाइरस छ भन्ने हल्ला फैलिएपछि आक्रमण भएको बताइएको छ । बसमा ४५ युक्रेनी र २७ विदेशी सवार थिए भने उनीहरुको लागि नोभी स्यान्झारी सहरमा क्वारेन्टाइन बनाइएको थियो ।

स्थानीयले सडकमा टायर बालेर विरोधसमेत गरेका छन् । सहर पस्ने पुलमा समेत बस छिर्न नदिन अवरोध पुर्याएका थिए । उनीहरुले बसमा ढुङ्गामुडा गरेर बसका सिसाहरु समेत फुटाएका छन् । बसको सुरक्षाको लागि सयौँ प्रहरी खटिएका थिए ।

राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले प्रदर्शनकारीलाई मानिसको रुपमा अर्को मानिसप्रति करुणा प्रदर्शन गर्न आह्वान गरेका थिए ।