३ भाद्र २०८३, बुधबार
,
Latest
किरण थापालाई समर्थनबारे बुझाइएको पत्र आधिकारिक नभएको राप्रपाको स्पष्टोक्ति ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, १ हजार २ सय सवारी जीपीएसमा जोडिए ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ? भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा ‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सांसद शाहीको माग राष्ट्रिय सभाको शुन्य समयः सुदूरपश्चिमको विकासदेखि सार्वजनिक बिदा कटौतीसम्मका विषयमा सांसदहरूको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोयल्टी कप फुटबल प्रतियोगिता आइतबारदेखि



अ+ अ-

काठमाडौं । लोयल्टी एकेडेमीको आयोजनामा दसौं लोयल्टी कप अन्तरविद्यालय फुटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।

सेभेन ए साइड स्वरुपको प्रतियोगितामा आयोजकको दुईसहित १२ छात्र टिमको सहभागिता रहने प्रतियोगिता संयोजक वीरेन्द्र कुरुम्वाङले जनाएका छन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरी नकआउट आधारमा खेल खेलाइने छ ।

समूह ‘ए’ मा सिद्धार्थ बनस्थली, नेक्सस, लोयल्टी ‘ए’, टीआईए, हिमालयन र लोयल्टी ‘बी’ रहेका छन् । काष्ठमण्डप, युनाइटेड, विद्या संस्कार, लिटिल एन्जल्स (एलए), टाइमलाइन र शिशु मिलन समूह ‘बी’ मा छन् । प्रतियोगिताका खेलहरु मण्डिखाटारस्थित आयोजकको आफ्नै मैदानमा हुने छ । गत संस्करणको उपाधि एलएले जितेको थियो । फाइनल १६ गते हुने छ । पहिलो दिन हुने एक मात्र खेलमा सिद्धार्थ बनस्थलीले नेक्ससको सामना गर्ने छ । प्रतियोगिताको बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।