६ असार २०८३, शनिबार
,
Latest
जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यचौकीलाई उपकरण सहयोग



अ+ अ-

सिरहा। ग्रामीण क्षेत्रमा सुरक्षित मातृत्वको प्रवद्र्धन र मातृ तथा शिशु मृत्युदर कम गर्ने उद्देश्यले भलुवाहीस्थित स्वास्थ्यचौकीलाई ग्रामीण अल्ट्रासाउन्ड उपकरण उपलब्ध गराइएको छ ।

मातृ तथा शिशु स्वास्थ्य सेवा सुदृढीकरण कार्यक्रमअन्तर्गत सिरहा नगरपालिका–११ भलुवाहीस्थित बर्थिङ सेन्टरसहित स्वास्थ्यचौकीलाई अल्ट्रासाउन्ड हस्तान्तरण गरिएको हो । स्वास्थ्यचौकीका प्रमुख प्रदीपनारायण ठाकुरका अनुसार उपकरण प्राप्त भएसँगै अल्ट्रासाउन्ड सेवा नियमित रूपमा सञ्चालनमा आएको छ ।

उहाँले भन्नुभयो, “यसअघि अल्ट्रासाउन्ड सुविधा नहुँदा जटिल अवस्था देखिएका गर्भवतीलाई सिरहा प्रादेशिक अस्पताल रेफर गर्नुपर्ने बाध्यता थियो, अब त्यो समस्या हटेको छ ।”

स्वास्थ्यचौकीमा दैनिक गर्भवती जाँचका लागि आउने गरेका छन् । प्रमुख ठाकुरले अल्ट्रासाउन्ड उपलब्ध भएपछि गर्भावस्थादेखि शिशु जन्माउने बेलासम्म जाँच गर्दा आर्थिक भार बेहोर्नुपर्ने छैन ।

लहानस्थित होप फाउन्डेसनका अध्यक्ष पार्वती सुब्बाका अनुसार ‘बन हर्ट वल्र्डवाइड’को सहयोगमा रु दुई लाख २३ हजार बराबरको अल्ट्रासाउन्ड उपकरण प्रदान गरिएको हो । यस सहयोगले गरिब तथा विपन्न समुदायका गर्भवतीलाई महँगो शुल्क तिरेर निजी क्लिनिक धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ ।

उक्त उपकरण बन हर्ट वल्र्डवाइडका जिल्ला संयोजक कवीन्द्र रेग्मी र होप फाउन्डेसनकी अध्यक्ष सुब्बाले स्वास्थ्य चौकी व्यवस्थापन समिति, वडाध्यक्ष, जिल्ला स्वास्थ्य कार्यालय, नगर स्वास्थ्य शाखा, महिला स्वास्थ्य स्वयंसेविका तथा आमा समूहका प्रतिनिधिको उपस्थितिमा हस्तान्तरण गर्नुभएको हो । रासस