३ भाद्र २०८३, बुधबार
,
Latest
किरण थापालाई समर्थनबारे बुझाइएको पत्र आधिकारिक नभएको राप्रपाको स्पष्टोक्ति ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, १ हजार २ सय सवारी जीपीएसमा जोडिए ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ? भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा ‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सांसद शाहीको माग राष्ट्रिय सभाको शुन्य समयः सुदूरपश्चिमको विकासदेखि सार्वजनिक बिदा कटौतीसम्मका विषयमा सांसदहरूको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोयलको विजयी सुरुआत



अ+ अ-

आयोजक रोयल स्पोर्ट्स सेन्ट्रलले प्रथम रोयल राष्ट्रव्यापी यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेको छ । ललितपुरको सानागाउँस्थित आयोजक रोयलको कोर्टमा रोयलले बापेकलाई ७१–६१ ले पराजित गर्यो । रोयलका निश्चल महर्जनले २२ स्कोर गरे । निश्चल नै ‘म्यान अफ द म्याच’ बने । त्यसवापत निश्चलले फ्रेस बाइट्सबाट गिफ्ट भौचर प्राप्त गरे ।

पहिलो क्वाटरमा १८–१४ को अग्रता लिएको रोयल दोश्रोमा २०–२४ ले पछि प¥यो । रोयलले तेश्रोमा १९–१२ र चौथोमा १४–११ को अग्रता लिएको थियो । प्रतियोगिताको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले संयुक्त उद्घाटन गरे ।

विजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छ । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार नगद प्रदान गरिने छ । प्रतियोगितामा १० टिम सहभागी छन् । सहभागी टिमहरुमा आयोजक रोयलसहित जेभियर इन्टरनेसनल, टाइम्स, हिमालयन ह्वाइटहाउस, साइपाल एकेडेमी, गोल्डेनगेट, बापेक, कास्की, बूढानीलकण्ठ र सोलो बास्केटबल रहेका छन् ।