काठमाडौँ। पशुपति क्षेत्र विकास कोषको सदस्यसचिव पदमा कपिलवस्तुका प्रकाशमणि शर्मा भुसाल मनोनयन हुनुभएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ बमोजिम संस्कृतिमन्त्री अनिलकुमार सिन्हाले आज सो निर्णय गर्नुभएको मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले राससलाई जानकारी दिनुभयो ।
कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहने मन्त्रीले नै कार्यकारी प्रमुखका रुपमा सदस्य सचिवको नियुक्ति गर्ने व्यवस्था ऐनमा रहेको पनि उहाँले बताउनुभयो । कोषका सदस्य सचिवको कार्यकाल चार वर्ष तोकिएको छ । रासस










