२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सागका स्वर्ण विजेता सिंजालीलाई काब्यको सम्मान



अ+ अ-

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता विजय सिंजालीलाई काब्य स्कुलले सम्मान गरेको छ । विद्यालयको अभिभावक दिवसका अवसरमा काब्यले विजयलाई सम्मान गरेको हो । आफ्नै भूमिमा सम्पन्न १३औं सागमा स्वर्ण जित्दै राष्ट्रको नाम उँचो बनाएको भन्दै काब्यले नगद १० हजार र सम्मानपत्रबाट विजयलाई सम्मान गरेको हो । उनलाई काब्य स्कुलका प्रिन्सिपल नवराज बाँस्कोटा र नेपाल सरकारका सचिव सूर्यप्रसाद गौतमले सम्मान गरेका थिए ।

खेलकुदका माध्यमबाट देशको नाम उच्च बनाउन सफल खेलाडीको हौसला बढाउन विजयलाई सम्मान गरेको प्रिन्सिफल बाँस्कोटाले बताए । १३औं सागमा विजयले उसुको थाउलोमा स्वर्ण जितेका थिए ।

उनले श्रीलंका र बंगलादेशका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेका थिए ।
काब्यले यसअघि १३औं सागकी स्वर्ण विजेता तेक्वान्दो खेलाडी संगीता बस्याललाई पनि नगदसहित सम्मान गरेको थियो ।