६ असार २०८३, शनिबार
,
Latest
रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु आगामी आर्थिक वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य शुरु हुने ललितपुरको ७.९ किलोमिटर चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिँदै, ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुटुरोग उपचार शिविरमा साढे चार सयको निःशुल्क परीक्षण



अ+ अ-

पर्वत। जिल्लाको कुश्मानगरपालिका–१२ ठुलीपोखरीमा शनिबार सञ्चालित एकदिने मुटुरोग परीक्षण शिविरमा साढे चार सय जनाको परीक्षण गरिएको छ ।

कुश्मा आधारभूत अस्पताल ठुलीपोखरीको आयोजना र सेभ द हार्ट तथा नेपाल कार्डियोको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा चार सय ५० जनाभन्दा बढीले परीक्षण गराएका हुन् ।

परीक्षण गरिएकामध्ये पाँच जनामा जटिल समस्या देखिएकाले शल्यक्रियाका लागि काठमाडौँ रेफर गरिएको कुश्मा नगरपालिका–१२ वडाध्यक्ष झलक रिमालले जानकारी दिनुभयो ।

आर्थिक अभावका कारण मुटुसम्बन्धी समस्या बल्झाएर बसेका ग्रामीण नागरिकको समस्यालाई मध्यनजर गर्दै शिविर आयोजना गरिएको शिविरमा कुश्मा, फलेवास नगरपालिका, मोदी गाउँपालिका र छिमकी जिल्ला स्याङ्जाका बिरामीसमेत सहभागी भएका थिए ।

शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईको नेतृत्वमा डा सुमन अधिकारी, डा सुतप यादव, बोधराज गौतमलगायतको टोलीले उपचार गरेको थियो । बिरामीलाई मुटुरोगसम्बन्धी परामर्श र परीक्षण, निःशुल्क इसिजी, इको कार्डियोग्राफी र औषधिसमेत वितरण गरिएको थियो ।

लाखौँ रुपैयाँ खर्च गरेर उपचार गर्नुपर्ने बिरामीले निःशुल्क सेवा पाउँदा ठूलो राहत मिलेको स्थानीय रमेश पौडेलले बताउनुभयो । शिविरमा विशेषगरी विपन्न, दलित तथा वृद्धवृद्धा लाभान्वित भएका उहाँले बताउनुभयो । रासस