२४ मंसिर २०८२, बुधबार
,
Latest
खानेपानीको चरम सङ्कट भएका भगवतीमाई गाउँपालिकाका तीन वडामा खानेपानी सुविधा केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने कांग्रेस सभापतिमा उठ्ने चन्द्र भण्डारीको घोषणा एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने कम्युनिष्टहरु सत्तामा पुग्न जोसँग पनि मिल्न थालेः गोकर्ण विष्ट विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउँछौँः प्रधानमन्त्री कार्की भन्सार विभाग–एजेन्ट महासंघबीच सहमति, देशभरका भन्सार कार्यालय नियमित डीएसपी नेपाल बहुविवाह आरोपमा पक्राउ सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम क्रियाशील सदस्यता टुंग्याउन कांग्रेसद्वारा परिपत्र जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल २०२६ को अक्सनका लागि ३५० खेलाडीहरू सर्टलिस्टमा



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को मिनी अक्सन अघि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले ३५० खेलाडीलाई छनोट गरेको छ।

१० टिममा ७७ खेलाडीका लागि स्थान खाली छन्। जसमा ३१ विदेशी स्लट पनि छन्।

यसका लागि १,३५५ खेलाडीले दर्ता गरेका थिए। अक्सन १६ डिसेम्बर, मंगलबार २ः४५ बजे सुरु हुनेछ।

डिकक पनि समावेश, पहिलो सूचीमा नाम थिएन

दक्षिण अफ्रिकी विकेटकिपर तथा ब्याट्सम्यान क्विन्टन डिककलाई पनि शर्टलिस्टमा राखिएको छ। पहिलाको प्रारम्भिक सूचीमा उनको नाम थिएन। तर एक फ्रेन्चाइजको सिफारिसपछि नाम समावेश गरिएको हो। हालै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास फिर्ता लिएर भारतविरुद्ध विशाखापट्टनममा शतक प्रहार गरेका थिए।

३३ वर्षका डिककको बेस प्राइस यसपटक १ करोड रुपैयाँ राखिएको छ। गत मेगा अक्सनमा उनलाई २ करोडमा केकेआरले किनेको थियो, तर यसपटक रिलिज गरियो।

उता, ३५० खेलाडीमध्ये ४० खेलाडीको बेस प्राइस २ करोड रहेको छ, जसमा वेंकटेश अय्यर र रवि बिश्नोई मात्र दुई भारतीय छन्।

अक्सनको सुरुवात क्याप्ड खेलाडीबाट

अक्सनको सुरुवात क्याप्ड खेलाडीहरूबाट हुनेछ। यी पाँच क्याटेगरीमा बाँडिएका छन्—

ब्याट्सम्यान

अलराउन्डर

विकेटकिपर–ब्याटर

तेज बलर

स्पिनर

यसपछि यिनै क्याटेगरीका अनक्याप्ड खेलाडीहरूको पालो आउनेछ।

पहिलो स्लटका ठूला नाम

पहिलो ब्याच (बीए१) ब्याट्सम्यानको हुनेछ, जसको अगुवाइ क्यामरून ग्रिनले गर्नेछन्। यसमा डेवोन कोन्वे, ज्याक फ्रेजर–म्याकगर्क, सरफराज खान, पृथ्वी श र डेभिड मिलर पनि छन्।

दोश्रो ब्याच (एएल१) अलराउन्डरको हुनेछ, जसमा वेंकटेश अय्यरलाई राखिएको छ।

एक्सिलरेटेड राउन्ड

७०औँ खेलाडी (अफगानिस्तानका वहीदुल्लाह जदरान) पछि एक्सिलरेटेड फेज सुरु हुनेछ। पछि ७१ देखि ३५० सम्म सबै खेलाडी छिटो–छिटो अक्सनमा आउनेछन्। त्यसपछि फ्रेन्चाइजहरूले पुनः अक्सनमा ल्याउन चाहेका खेलाडीहरूको नाम दिन सक्नेछन्।