१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीआरसी स्क्वास शुक्रबारदेखि



अ+ अ-

काठमाडौं । नेपाल स्क्वास र्याकेट्स संघको आयोजनामा पीआरसी खुला स्क्वास प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । पशुपति रोड क्यारियर (पीआरसी) को मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा ३ स्पर्धामा प्रतिस्पर्धा हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका महासचिव सुरेश गुरुङले जानकारी गराए ।

पुरुष/महिला सिंगल्स तथा मास्टर्स ४५ वर्षमाथि उमेरसमूहमा प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा ६० खेलाडीको सहभागिता रहने छ । बेलायतको ब्रिटिस गोर्खा आर्मीबाट पनि १० खेलाडी प्रतियोगिताका लागि नेपाल आउने बताइएको छ । पाँचदिने प्रतियोगिताका खेलहरु सातदोबाटोमा हुने छ ।