१ पुष २०८२, मंगलवार
,
Latest
नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प (फोटो फिचर) एमालेको मतदान स्थगित , भोली बिहान ८ बजेबाट सुरु हुने काठमाडौँमा बढ्दो वायु प्रदूषणको समस्या र न्यूनीकरणका उपाय आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु कृषि उत्पादन बढाएर देशमै रोजगारी सिर्जना गर्नुपर्छः मन्त्री परियार सरकार र नागरिक बचाउ अभियानका टोलीबीच वार्ता निर्वाचन गर्ने परीक्षाबाट उत्तीर्ण भएर अगाडि बढ्नुको विकल्प छैनः मन्त्री सिन्हा स्वास्थ्यचौकीलाई उपकरण सहयोग नेपालीको हिम्मत र साहस विश्वमै अनुपम छः सञ्चारमन्त्री खरेल पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमबाप्पेले ह्याट्रिक दिँदा पीएसजी फाइनलमा



अ+ अ-

एजेन्सी । फ्रेन्च कप फुटबलको फाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) प्रवेश गर्न सफल भएको छ । बुधबार राति भएको सेमिफाइनलमा १० खेलाडीमा सिमित लियोनलाई ५–१ गोल अन्तरले पराजित गर्दै पीएसजी फाइनल पुगेको हो । केलियन एमबाप्पेले पीएसजीको जितमा ह्याट्रिक गरेका थिए । यस्तै पाब्लो सराबिया र नेयमारले एक एक गोल गरे ।

लियोनका लागि मार्टिन टेरीएरले एक गोल फर्काएका थिए । फर्नान्डो मार्कलले खेलको ६१ औं मिनेटमा दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा घरेलु टोली १० खेलाडीमा सिमित रहन पुगेको थियो ।

लियोनको मैदानमा एक गोलको अग्रता उल्टाएर पीएसजीले फराकिलो जित निकालेको हो ।अब पीएसजीले रेनस र सेन्ट इट्टीनेबीचको विजेतासँग खेल्नेछ ।