२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा नेपालले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक



अ+ अ-

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ ।

बैठक मंसिर ९ गते मंगलबार बस्ने भएको हो ।

बैठकमा मुलुकको पछिल्लो परिबर्तित राजनीतिक सन्दर्भ र घटनाक्रम, फागुन २१ गते घोषित निर्बाचन, वैचारिक ध्रवीकरण, मुलुकको सुरक्षा अवस्था, सडकमा देखिएको असन्तुष्टि र आन्दोलनका बारेमा गम्भीर छलफल हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकमा अहिलेको अवस्थाको चित्रणका साथ पार्टीको भावी योजना र रणनीतिबारे अध्यक्ष कमल थापाले धारणा प्रस्तुत गर्ने तालिका छ ।