१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्टरलाई पराजित गर्दै युभेन्ट्स शीर्ष स्थानमा



अ+ अ-

युभेन्ट्सले इटालीको सिरी ए मा आइतबार इन्टर मिलानलाई २-० ले हरायो र फेरि लिग तालिकाको शीर्ष स्थान हात पार्‍यो । कोरोना भाइरस फैलिन सक्ने डरका कारण खेल युभेन्ट्सको दर्शकबिहीन रंगशालामा भएको थियो ।

एलिनाज स्टेडियममा प्राप्त जितपछि युभेन्ट्सले लिग तालिकाका एक अंकको अग्रता लिएको हो । उसको ६३ अंक छ भने लाजियो एक अंकको दूरीमा दोस्रो स्थानमा छ ।

युभेन्ट्सको जितमा आरोन राम्सी र पउलो डेबेलाले गोल गरे । इन्टर ५४ अंकमा तेस्रो स्थानमा छ ।