काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सले पहिलो ओभरमै दुवै ओपनरलाई गुमाएको छ।
सुदूरपश्चिम रोयल्सका दुवैजना ओपनर पहिलो ओभरमै खाता नखोली आउट भएका छन् । पहिलो ओभरको दोस्रो बलमा जोश ब्राउन र छैटौँ बलमा विनोद भण्डारीलाई करण केसीले पवेलियन पठाएका हुन्।
त्यसपछि काठमाडौंका कप्तान केसीले दोस्रो ओभरको पाँचौँ बलमा क्रिस ल्योनलाई पनि आउट गरेका छन् ।
सुरुवाती दुई बल सामना गरेका ब्राउन पहिलो विकेटका रुपमा क्रिजबाट बाहिरिए । उनलाई करणको एलबीडब्ल्यू धरापमा परेका थिए ।










