३ भाद्र २०८३, बुधबार
,
Latest
किरण थापालाई समर्थनबारे बुझाइएको पत्र आधिकारिक नभएको राप्रपाको स्पष्टोक्ति ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, १ हजार २ सय सवारी जीपीएसमा जोडिए ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ? भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा ‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सांसद शाहीको माग राष्ट्रिय सभाको शुन्य समयः सुदूरपश्चिमको विकासदेखि सार्वजनिक बिदा कटौतीसम्मका विषयमा सांसदहरूको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेईपजिगसंग पराजित हँदा टोटेनहम च्याम्पियन्स लिग बाहिर



अ+ अ-

टोटेनहम हट्रपर च्याम्पियन्स लिग फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । अन्तिम १६ को दोस्रो लेगको खेलमा जर्मन क्लब आरबी लेईपजिगसंग ३–० ले पराजित हुँदै टोटेनहम प्रतियोगिताबाट बाहिरिएको हो । पहिलो लेगको खेलमा लेईपजिगले १–० को अग्रता बनाएको थियो । समग्रमा ४–० को नतिजा सहित जर्मन क्लब जर्मन क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
मार्सेल सबित्जरले १० औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अगाडी बढाएका थिए । २१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले टोलीको अग्रता दोब्बर बनाए ।

बेन्चबाट मैदान छिरेका ईमिल फोर्सबर्गले पहिलो टचमै गोल गर्दै ८७ औं मिनेटमा लाईपेजलाई ३–० को जित दिलाएका थिए । सुरुवाती दुवै गोलमा टोटेनहमका गोलकिपर ह्युगो लोरिसले मेहनत गरेका थिए । तर कमजोर डिफेन्सको फाईदा उठाउँदै घरेलु टोलीले २१ मिनेटको अन्तरमा दुई गोल गर्न सफल रह्यो । चोटले बिथोलिएको टोटेनहमले दोस्रो हाफमा सुधारिएको खेल पस्किएको थियो । तर गत सिजन अजाक्सबिरुद्ध निकालेको अप्रत्यासित नतिजा लाईपेजिगसंग दोहरिन सकेन ।

पछिल्लो हारसंगै यससिजन समेत टोटेनहम उपाधि विहिन हुने पक्का भएको छ । जासे माउरिन्होको टिम सबै प्रतियोगितामा पछिल्ला ६ खेलमा जित विहिन छ । आगामी सिजन च्याम्पियनस लिगमा छनोट हुन टोटेनहमले प्रर्दशनमा खास सुधार गर्नुपर्ने चुनौती छ । टोटेनहम प्रिमियर लिगको चौथो स्थानमा रहेको क्लबसंग अझै ७ अंकले पछाडी छ ।