२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमबाप्पेलाई कोरोनाको आशंका !



अ+ अ-

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एमबाप्पेलाई कोरोना भाईरस संक्रमणको आशंकामा स्वास्थ्य परिक्षण गरिएको छ । च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत बोरुसिया डर्टमण्डसँगको खेलअघि एमबाप्पेको स्वास्थ्य परिक्षण गरिएको हो । तर, उनको कोरोना भाईरस नेगेटिभ देखिएको बताईएको छ ।

रुघाखोकी र ज्वरो आएपछि एमबाप्पेको स्वास्थ्य परिक्षण गरिएको हो । उनी पीएसजीको अभ्यासमा समेत सहभागी भएनन् ।

पीएसजीले घरेलु मैदानमा बुधबार राति डर्टमण्डसँग खेल्दैछ । तर, कोरोनाको कारण खेल दर्शकबिना हुनेछ । पहिलो लेगमा पीएसजी २१ ले पछि रहेको छ । यस सिजन एमबाप्पेले सबै प्रतियोगिताको ३२ खेलमा ३० गोल गरिसकेका छन् ।