१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल मलेसियासँग पराजित



अ+ अ-

काठमाडौँ। एएफसी एसियन कप छनोट अन्तर्गत भएको खेलमा नेपाल पराजित भएको छ ।

छनोटको समूह एफमा रहेको नेपाल मलेसियाको क्वालालम्बुरस्थित बुकित जलिल नेसनल स्टेडियममा मंगलबार भएको खेलमा घरेलु टोलीसँग १–० गोलले पराजित भयो । खेलको ५६औं मिनेटमा मलेसियाका फैसल हलिमले गरेको गोल नै निर्णायक बन्यो ।

तेस्रो चरणको छनोटमा नेपालका यो लगातार पाँचौं हार हो र शून्य अंकमा चार टिममध्ये पुछारमा छ । मलेसियाको भने यो लगातार पाँचौं जित हो । यससँगै १५ अंकमा मलेसिया अबको एसिया कपमा छनोटको नजिक पुगेको छ ।